बुटवल- बुटवलबाट पाल्पाको रामपुर तर्फ जादै गरेको बलेरो जिप बिहीवार अपराह्न दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सिद्धार्थ राजमार्गको तिनाउ ५ चर्चरेमा लु १ च ७७८० नम्वरको जीप दुर्घटना भएको हो।
मृत्यु हुनेमा सवारी धनी रामपुर नगरपालिका वडा नंं ३ का ४३ बर्षिय सूर्य प्रसाद श्रेष्ठ रहेका छन्। सवारीधनी श्रेष्ठको घटनास्थमै मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ।
घाइते हुनेमा जिप चालक निस्दी गाउँपालिका वडा नंं ४ का २७ वर्षीय खेमबहादुर खाँम्चा र रामपुर नगरपालिका वडा नं. ३ का ४६ बर्षिय टुक नारायण श्रेष्ठ रहेको र दुवै जनाको लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा उपचार भइरहेको पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।
घाइते श्रेष्ठको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। जिप अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल खसेको थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ।