सोमबार, साउन २५, २०८३

ललितपुरको महालक्ष्मीस्थानमा पुरुषको शव भेटियो

ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थानस्थित सडक पेटीमा शव भेटिएको छ।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं– ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थानस्थित सडक पेटीमा शव भेटिएको छ। महालक्ष्मीस्थान मन्दिरको सडक पेटीमा परिचय खुल्न नसकेका एक पुरुषको शव भेटिएको हो। 

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार करिब ६ वर्षका पुरुषको शव भेटिएको हो। घटनास्थल मुचुल्का गरी शव परीक्षणका लागि पाटन अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। 

सेतो–निलो हाफ टिसर्ट र कालो रंगको ट्राउजर लगाएका पुरुषको शव भेटिएको हो। कपाल फुलेको, गोरो वर्ण र करिब ५ फिट ७ इन्च उचाइ भएका पुरुषको शव भेटिएकाले यो हुलियासँग मेल खाने कोही व्यक्ति हराएको भए वा कसैले चिने खबर गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित: May 05, 2022| 18:05 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।