काठमाडौं– नेपाली बजारमा एक्सर भी १५० र एक्सर जी १५० इलेक्ट्रिक स्कुटर उपलब्ध भएका छन्। भारतीय कम्पनीका यी इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सुन्दर ट्रेडर्स प्रालिले ल्याएको हो।
यी स्कुटरमा ६० भोल्ट ४० एम्पियरको ब्याट्री छ भने १५ सय वाटको मोटर जडान गरिएको कम्पनीले जनाएको छ। दुवै स्कुटरले सिंगल चार्जमा १२० किलोमिटरको माइलेज दिने कम्पनीको भनाइ छ। फुल चार्ज गर्न करिब ३ घण्टा लाग्छ।
स्कुटरको उच्चतम गति ५५ किलोमिटर प्रतिघण्टा छ। स्कुटरमा एन्टी थेफ्ट सिस्टम, किलेस इन्ट्री, जीपीएस सिस्टम, यूएसबी सिस्टम आदि विशेषताहरु उपलब्ध छन्।
ब्याट्री र मोटरमा ३ वर्ष र मोटर कन्ट्रोलरमा १ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ। एक्सर भी १५० को मूल्य २ लाख ३७ हजार र जी १५० को मूल्य २ लाख ४० हजार रुपैयाँ तोकिएको छ। सुन्दर ट्रेडर्सले यो भन्दा अगाडि सुन्दर यातायातमार्फत काठमाडौं र भैरहवा क्षेत्रमा समेत इलेक्ट्रिक बस सञ्चालन गरिसकेको छ।