सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • जेठदेखि एनबी बैंकसँग एकीकृत कारोबार गर्दै नबिल, डाक्यो विशेष साधारणसभा

जेठदेखि एनबी बैंकसँग एकीकृत कारोबार गर्दै नबिल, डाक्यो विशेष साधारणसभा

बैंकले नेपाल बंगलादेश बैंकसँग मर्ज हुने सैद्धान्तिक सहमति पाइसकेको छ। त्यसैले अन्तिम सहमतिको लागि मर्जसँग सम्बन्धीत सम्पुर्ण प्रकृयाहरु अनुमोदनका लागि विशेष साधारणसभा डाकिएको हो।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं- नबिल बैंकले जेठ ७ गतेका लागि विषेश साधारणसभा बोलाएको छ। बिहीबार बसेको बैंक सञ्चालक समितिको ५९५औँ बैठकले एनबी र नबिल बैंकको एकीकृत कारोबार सुरु गर्ने उदेश्यका साथ विशेष साधारणसभा बोलाएको हो। 

विशेष साधारणसभाको लागि वैशाख ३० गते एक दिन सेयरधनी दर्ता किताब बन्द हुने पनि बैंकले जनाएको छ।

बैंकले नेपाल बंगलादेश बैंकसँग मर्ज हुने सैद्धान्तिक सहमति पाइसकेको छ। त्यसैले अन्तिम सहमतिको लागि मर्जसँग सम्बन्धीत सम्पुर्ण प्रकृयाहरु अनुमोदनका लागि विशेष साधारणसभा डाकिएको हो। 

जेठको दोस्रो सातादेखि बैंकले नेपाल बंगलादेश बैंकसँग एकीकृत कारोबार सुरु गर्ने छ।

पाँच वर्षमा नबिल बैंकको कुल सेयरधनीको जेथा १०२.७५ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७३ ७४ मा कुल सेयरधनीको जेथा १६.७० अर्ब भएकोमा २०७७ ७८ मा १०२.७५ प्रतिशतले बढेर ३३।८६ अर्बमा पुगेको छ।


प्रकाशित: May 05, 2022| 15:15 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्