बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल र अमेरिकाबीच ७९.७१ अर्ब सहायता सम्झौतामा हस्ताक्षर

नेपाल र अमेरिकाबीच ७९.७१ अर्ब सहायता सम्झौतामा हस्ताक्षर

अर्थ मन्त्रालय र अमेरिकाकी अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (यूसएआईडी) बीच ६५ करोड ९० लाख अमेरिकी डलर (७९.७१ अर्ब रुपैयाँ) बराबरको सहायता सम्झौतामा हस्ताक्षर भएको छ।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं– अर्थ मन्त्रालय र अमेरिकाकी अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (यूसएआईडी) बीच ६५ करोड ९० लाख अमेरिकी डलर (७९.७१ अर्ब रुपैयाँ) बराबरको सहायता सम्झौतामा हस्ताक्षर भएको छ। ५ वर्षभित्रमा उक्त रकम खर्च गर्ने गरी सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ। 

National life

मध्यम आय भएका मुलुकहरुको आर्थिक तथा समाजिक विकासका लागि यूएसआईडीले विभिन्न कार्यक्रम अन्तर्गत सहायता उपलब्ध गराउँदै आएको छ। नेपाल सरकार, नागरिक समाज, निजी क्षेत्र र यूएसएआईडीको सहकार्यमा उक्त रकम खर्च हुने बताइएको छ। नेपालको दिगो विकासका क्षेत्रहरुमा उक्त रकम खर्च हुनेछ। लोकतान्त्रिक शासन प्रणालीको विकास, उद्यमशिलता विकास, प्राकृतिक विपद, जलवायु परिवर्तन र जोखिममा रहेका मानिसहरुको जीवनस्तर सुधारमा उक्त रकम खर्च गर्ने बताइएको छ।

उक्त सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता तथा समन्वय महाशाखा प्रमुख इश्वरीप्रसाद अर्याल र यूएसआईडीका तर्फबाट नेपाल मिसन निर्देशक सेपिदेह किवांशदले हस्ताक्षर गरेका छन्। संयुक्त राज्य अमेरिका नेपाललाई सबैभन्दा पहिले वैदेशिक सहायता उपलब्ध गराउने मुलुक हो।

सन् १९५१ मा प्वाइन्ट फोर कार्यक्रम अन्तर्गत नेपाललाई पहिलो सहायता उपलब्ध गराएको थियो। नेपाल सरकार र संयुक्त राज्य अमेरिकाबीच दौत्य सम्वन्ध कायम भएको ७५ वर्ष पुगेको अवसरमा उक्त सहायता अमेरिकाले दिएको हो। नेपालको आर्थिक तथा सामाजिक विकासका लागि उक्त सहायता उपलव्ध गराएकोमा अमेरिकाप्रति आभार व्यक्त गरेको छ।

प्रकाशित: May 05, 2022| 14:21 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्