काठमाडौं– एडभेन्चर सेग्मेन्टमा चिरपरिचित ब्राण्ड मोटरहेडको नेपालको लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड टे«ड प्रालिले नव वर्ष २०७९ लाई लक्षित गर्दै ‘स्क्र्याच एन्ड क्याच द क्यास’ नामक अफर सञ्चालनमा ल्याएको छ।
उक्त अफर अन्तर्गत कम्पनीले १५ चैत २०७८ देखि ३१ वैशाख २०७९ सम्म मोटरहेडका बाइक खरिद गर्ने ग्राहकको लागि ७ हजारदेखि १ लाख रुपैयाँसम्म स्क्र्याच गरी छुट पाउन सकिने व्यवस्था लागू गरेको छ। अफर अवधिभर खरिद गर्ने ग्राहकमध्ये १ जना भाग्यशाली विजेतालाई २ लाख ७ हजार ९ सय प्रदान गरिने कम्पनीले जनाइएको छ।
देशका मुख्य मुख्य ठाउँमा रहेका मोटरहेडका निजी तथा डिलर मातहतका शोरुमहरुमा यो अफर उपलब्ध रहनेछ। सिधै नगद छुट भन्दा यस प्रकारको स्क्र्याच अफरमा ग्राहकको छुट्टै उत्साह रहने यथार्थई मध्यनजर गर्दै कम्पनीले यस्तो अफर ल्याएको जानकारी गराएको छ।
मोटरहेडको हाल ७ वटा विभिन्न परिमार्जित मोडलहरु रहेको र १७ वटा मुख्य सहरहरुमा सेल्स–सर्भिस–स्पेयरको सुविधा सहित डिलर रहेको छ। साथै बिक्रीपछिको सेवालाई चुस्तदुरुस्त तुल्याउन कम्पनीले मुख्यमुख्य राजमार्गमा आधिकारिक मर्मत केन्द्रको पनि विस्तार गर्दै आएको छ।
हाल मोटरहेडका बाइकहरु ३ लाख ५ हजारदेखि शुरु भई अधिकतम ४ लाख ५५ हजार रुपैयाँसम्मको मूल्यमा उपलब्ध छन्। सबैको पहुँचमा रहेको मोटरहेड बाइकको यही मूल्य, कार्यक्षमता र आकर्षक डिजाइनकै कारण नेपालका विभिन्न क्षेत्रमा यो बाइक मन पराइएको जानकारी कम्पनीले दाबी गरेको छ।
ग्राहकसँगको सम्बन्धलाई अझ बढी नजिक बनाउन कम्पनीले बिक्रीमूलक कार्यक्रममा मात्र केन्द्रित नभई कस्टमर केयर डिपार्टमेन्ट पनि सञ्चालनमा ल्याएको छ।