शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

रोल्पाको माडीमा वडाध्यक्षका उम्मेदवारमाथि कसरी भयो आक्रमण?

प्रत्येक निर्वाचनको बेला फरक राजनीतिक ‘स्टन्ट’ देखाएर चर्चामा आउने रोल्पा यसपालि पनि अछुत रहन सकेन।
 |  बिहीबार, वैशाख २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं– प्रत्येक निर्वाचनको बेला फरक राजनीतिक ‘स्टन्ट’ देखाएर चर्चामा आउने रोल्पा यसपालि पनि अछुत रहन सकेन। रोल्पाको माडी गाउँपालिकामा गठबन्धन (एमाले–कांग्रेस)का उम्मेदवारमाथि विपक्षी दलले सांघातिक आक्रमण गरेपछि यो घटना रातारात सामाजिक सञ्जालमा ‘हटकेक’ बनेको छ। 

himalayan bank box

बुधबार राति माडीको तालाबाङमा वडाध्यक्षका उम्मेदवार निमबहादुर डाँगीमाथि योजनाबद्ध आक्रमण भएको हो। नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा रोल्पा इन्चार्ज हरिप्रसाद घर्तीको अगुवाइमा उक्त आक्रमण भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्। घर्तीलाई सोही वडाका अध्यक्षका उम्मेदवार बलबहादुर बुढा र माओवादी केन्द्रबाट अघिल्लो चुनावमा वडाको नेतृत्व हात पारेका दलबहादुर बुढाले पनि साथ दिएको प्रत्यक्षदर्शीहरुको आरोप छ। 

चुनावी सभा सम्पन्न गरेर घर फर्कंदै गर्दा जिल्लाकै शीर्ष नेताहरुको परिचालनमा वाईसीएलका कार्यकर्ताहरुले आफूमाथि सांघातिक आक्रमण गरेको पीडित डाँगीले बताएका छन्। उनले नेपाल समयसँग कुराकानी गर्दै भने, ‘चिनेकै नेताहरुले अर्को वडाबाट वाईसीएलका गुण्डाहरु बोलाएर मलाई आक्रमण गर्न लगाएका हुन्।’ 

वाईसीएलका कार्यकर्ताहरुले आफूलाई फलामको रड र ढुंगाले आक्रमण गरेको पनि डाँगीले जानकारी दिए। घाइते वडाध्यक्षका उम्मेदवारलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि दाङ पठाइएको प्रहरीले जनाएको छ। 

करिब २०–२५ जनाको समूहमा आएका आक्रमणकारीमध्ये केहीलाई नियन्त्रण लिइएको र केही फरार रहेको प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए। उनले भने, ‘अर्को वडाबाट २०–२५ जनाको समूहमा आएका गुण्डाहरुले आक्रमण गरेका रहेछन्। केहीलाई नियन्त्रण लिइसकेका छौँ भने फरार भएकाहरुको खोजी कार्य जारी छ।’ घटनाबारे थप अनुसन्धान भइरहेको पनि इन्सपेक्टर भट्टराईले जानकारी दिए। उनले थपे, ‘हामीले राति नै घटनास्थल पुगेर भीड नियन्त्रणमा लिएका थियौँ।’ 

Metro Mart
vianet

कसरी भयो आक्रमण? 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि माडी गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तथा कांग्रेस र एमालेबीच छुट्टाछुट्टै चुनावी तालमेल भएको छ।

माडी गाउँपालिकाको वडा नम्बर ३ तालावाङमा बुधबार कांग्रेस र एमालेले संयुक्त चुनावी सभा आयोजना गरेका थिए। प्रमुख वक्ता थिए, एमालेका प्रेम घर्ती र कांग्रेसका गोपाल घर्ती। 

त्यसको अघिल्लो दिन अर्थात् मंगलबार सोही वडामै माओवादी केन्द्र र नेकपा (एस)ले पनि संयुक्त चुनावी सभा गरेका थिए। यस दिनको सभामा बोल्ने विभिन्न वक्ताहरुले कांग्रेस र एमालेको गठबन्धनमाथि विभिन्न आरोप लगाएका थिए। तर बुधबार कांग्रेस–एमालेको चुनावी सभामा उपस्थित भएका करिब पाँच सय कार्यकर्ताले भने ती आरोपहरुको खण्डन गरे। सभामा बोल्ने अधिकांश वक्ताहरुले आफूहरुमाथि माओवादी र एसले झूटो आरोप लगाएको भन्दै खण्डन गरेका थिए। तर उक्त खण्डन माओवादी र एसलाई पचेन। 

बुधबार राति माडीको तालाबाङमा वडाध्यक्षका उम्मेदवार निमबहादुर डाँगीमाथि योजनाबद्ध आक्रमण भएको हो। नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा रोल्पा इन्चार्ज हरिप्रसाद घर्तीको अगुवाइमा उक्त आक्रमण भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।

दिउँसो १ बजेबाट साँझ ६ बजेसम्म चलेको चुनावी सभा सकिएपछि सबै कार्यकर्ताहरु आफ्नो घर फर्कने तरखरमा थिए। तर अचानक माहोल नै अनपेक्षित हुन पुग्यो। 

करिब ७ बजेतिर एसका नेता हरि घर्ती टुप्लुक्क उपस्थित भए, जहाँ कांग्रेस–एमालेका कार्यकर्ताहरु घर फर्कन गाडी चढिरहेका थिए। वडाध्यक्षका उम्मेदवार निमबहादुर डाँगी पनि त्यही थिए। त्यति नै बेला २०–२५ जनाको समूहमा आएका आक्रमणकारीले फलामको रडले डाँगीलाई प्रहार गरे। कतिपयले ढुंगाले समेत प्रहार गरे। प्रहारपछि डाँगी घाइते बने। उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ। 

आक्रमण गरेर क्षणभरमै उनीहरु त्यहाँबाट फरार भए। तर हरि घर्ती भने त्यही थिए। घटना भएको केही समयपछि प्रहरी घटनास्थलमा पुग्यो। तर त्यतिन्जेल अधिकांश आक्रमणकारीहरु फरार भइसकेका थिए। प्रहरीले केहीलाई भने पक्राउ गर्न सफल भयो। 

घटनाका प्रत्यक्षदर्शीहरुले प्रहरीलाई उक्त आक्रमण एसका नेता घर्तीले गराएको आवाज उठाउन थाले। प्रहरीले पनि घर्तीलाई एकछिन सोधपुछ गर्यो। तर कुनै कारवाही अघि बढाएन। माडी गाउँपालिकामा अध्यक्षका उम्मेदवार तथा एमाले नेता विजय घर्तीले घटनाको जानकारी दिँदै भने, ‘उनीहरु (माओवादी र एस)ले आरोप लगाउन मिल्ने, अनि हामीले खण्डन गर्न पनि नपाउने?’ 

आफूहरुले आरोप खण्डन गरेपछि जबरजस्ती दावी गर्न माओवादी र एसका नेताहरुले अर्को वडाबाट वाईसीएलका कार्यकर्ताहरु बोलाएर आक्रमण गराएको उनले जानकारी दिए। आफैँ निहुँ खोजेर योजनावद्ध रुपमा आक्रमण गराएको उनको दाबी छ। आक्रमणकारीलाई जसरी पनि कारवाही हुनुपर्ने उनको माग छ। उनले भने, ‘आक्रमण गर्ने ती गुण्डाहरुले जसरी पनि सजाय पाउनुपर्छ। नत्र, हामी पनि त्यही अनुसार अघि बढ्छौँ।’ 

प्रकाशित: May 05, 2022| 11:57 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।