सोमबार, असोज १२, २०८३

सुनको मूल्य तोलामा १४ सयले बढ्यो

नेपाली बजारमा आज एकैदिन सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ। बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १४ सयले बढेको हो।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं-  नेपाली बजारमा आज एकैदिन सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ। बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १४ सयले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १४ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि बिहीबार १५ रुपैयाँले बढेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: May 05, 2022| 10:55 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्