मंगलबार, फागुन १९, २०८२

आइपिएलमा बैंगलोरले चेन्नइलाई हरायो

पुनेमा सम्पन्न भएको खेलमा पहिले ब्याटिङ गरेको बैंगलोरले पुरा ओभर खेल्दै ८ विकेट गुमाएर १७३ रन बनाएको थियो।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सलाई १३ रनले हराएको छ। पुनेमा सम्पन्न भएको खेलमा पहिले ब्याटिङ गरेको बैंगलोरले पुरा ओभर खेल्दै ८ विकेट गुमाएर १७३ रन बनाएको थियो।

जवाफमा चेन्नईले २० ओभरमा आठ विकेट नै गुमाएर १६० रन मात्र बनाएपछि बैंगलोरले जित निकालेको हो।

बैंगलोरका लागि विराट कोहलिले ३०, फफ डु प्लेसिसले ३८ रन बनाए भने महिपाल लोमरोरे ४२ रन बनाएका थिए। त्यसक्रममा चेन्नईका महिश ठीकसानाले तीन विकेट लिए भने मोइन अलीले एक विकेट गिराए।

त्यस्तै, जवाफमा चेन्नईका डेवोन कोन्वेले ५६ रन बनाए भने मोइनले ३४ रन बनाए। चेन्नईलाइ लक्ष्य पुरा गर्न नदिन हर्षल पटेलले तीन, ग्लेन म्याक्सवेलले दुई विकेट लिए भने शबाज अहमद, जोस हज्लेवुड र वानिन्दू हसरंगाले समान १-१ विकेट गिराए।

यो जितसँगै १२ अंक बनाएको बैंगलोर तालिकाको चौथो स्थानमा उक्लिएको छ भने चेन्नई तालिकाको नवौं स्थानमा समेटिएको छ।

kumari

प्रकाशित: May 05, 2022| 09:10 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।