सुर्खेत- कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य गरिएको छ। प्रदेश प्रमुख तिलक परियारले बिहीबार राति १२ बजेदेखि लागू हुने गरि नवौं अधिवेशनको अन्त्य गरेका हुन्।
मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधबार अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए।
संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशनको अन्त्य गरिएको हो। नवौं अधिवेशनमा जम्मा १७ वटा बैठक बसेको प्रदेश सभा सचिवालयले जनाएको छ । अधिवेशनको १७औं बैठक गएको चैत्र २१ गते सोमबार बसेको थियो।