बुधबार, असार १०, २०८३

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ९७ पैसा र बिक्री दर १२२ रुपैयाँ ५७ पैसा कायम गरेको छ।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ९७ पैसा र बिक्री दर १२२ रुपैयाँ ५७ पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १२८ रुपैयाँ ३७ पैसा र बिक्री दर १२९ रुपैयाँ कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२ रुपैयाँ ६९ पैसा र बिक्री दर १५३ रुपैयाँ ४४ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२४ रुपैयाँ २४ पैसा र बिक्री दर १२४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९८ पैसा र बिक्री दर ८७ रुपैयाँ ४० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ७२ पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३८ पैसा र बिक्री दर ९ रुपैयाँ ४३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४६ पैसा र बिक्री दर १८ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ५२ पैसा र बिक्री दर ३२ रुपैयाँ ६८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४० पैसा र बिक्री दर ३३ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

Shivam cement

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १५ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६४ पैसा र बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।     -यस्तो छ आजको विनिमय दर

प्रकाशित: May 05, 2022| 07:21 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्