शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पशुपतिमा सुविधा सम्पन्न किरियापुत्री भवन बनाउन पर्यटनमन्त्री श्रेष्ठको पहल

पशुपतिमा सुविधा सम्पन्न किरियापुत्री भवन बनाउन पर्यटनमन्त्री श्रेष्ठको पहल

पाशुपत क्षेत्र संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेपछि पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा उक्त क्षेत्रमा किरियापुत्री भवन, भण्डारखाल क्षेत्रलगायतको पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता थियो ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं- बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले पशुपति क्षेत्र परिसरमा सुविधा सम्पन्न किरियापुत्री भवन बनाउन चासो देखाएका छन्। पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग आज छलफल गर्दै उनले पशुपतिमा सुविधा सम्पन्न किरियापुत्री भवन बनाउन आवश्यक रहेको बताए।

National life

उक्त प्रयोजनका निम्ति पर्यटनमन्त्री श्रेष्ठले बागमती प्रदेशबाट पशुपतिमा सुविधा सम्पन्न भवन बनाइदिने योजना सुनाए। पाशुपत क्षेत्र संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेपछि पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा उक्त क्षेत्रमा किरियापुत्री भवन, भण्डारखाल क्षेत्रलगायतको पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता थियो । 

पर्यटन मन्त्रालयका सचिव मदन कोइराला, पर्यटन आयोजना प्रमुख विष्णु भण्डारीसहित पशुपति पुगेका संस्कृतिमन्त्री श्रेष्ठले पवित्र पाशुपत क्षेत्रको विकास र विस्तारमा प्रदेश सरकार तयार रहेको बताए। 

उनले  प्रदेश सरकारको पनि उपस्थिति हुनेगरी योजना प्रस्ताव गर्न पशुपति क्षेत्र विकास कोषका कार्यकारी अधिकृत डा घनश्याम खतिवडालाई आग्रह गरे। 'पशुपतिनाथ मन्दिर परिसरमा रहेको किरियापुत्री भवनको भौतिक सुधार, राम्रो शौचालयको व्यवस्थापनका साथै सुन्दर बगैँचासहितको भौतिक निर्माणका लागि बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयमार्फत के गर्न सकिन्छ भनी रायसुझाव लिन स्थलगत भ्रमण गरिएको हो,' मन्त्री श्रेष्ठले भने।

यसैबीच मन्त्री श्रेष्ठले थानकोटस्थित त्रिभुवन पार्कको विकास र विस्तारमा प्रदेश सरकारले गर्नसक्ने कामको निरीक्षण पनि गरेका थिए। बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयले उक्त पार्कमा हालको आयेजनाको अवस्था र आगामी वर्ष समावेश गरिनुपर्ने कार्यक्रमका विषयमा सरोकारवासँग छलफल, रायसुझाव लिनुका साथै कार्य प्रगति विवरणका बारेमा जानकारीसमेत लिनुभएको थियो । पर्यटन मन्त्रालयले उक्त पार्कका लागि रु एक करोड बजेट विनियोजन गरेको थियो।

Shivam cement

प्रकाशित: May 04, 2022| 23:20 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।