बुधबार, असार १०, २०८३

हुन्डाई क्रेटाको नाइट संस्करण सार्वजनिक

नियमित मोडलहरूको तुलनामा नाइट संस्करणका भेरियन्टहरूले ब्ल्याक–आउट फ्रन्ट र रियर स्पिड प्लेटहरू र रातो फ्रन्ट ब्रेक क्यालिपरहरूका लागि नयाँ ग्लोस ब्ल्याक फिनिस डिजाइन दिइएको छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं- हुन्डाईले क्रेटा एसयूभीको नयाँ नाइट संस्करण भारतमा सार्वजनिक गरेको छ। कम्पनीले कारको बाहिरी र भित्री भागका लागि सबै कालो रुप दिएर नाइट नाम राखेको हो। 

National life

नियमित मोडलहरूको तुलनामा नाइट संस्करणका भेरियन्टहरूले ब्ल्याक–आउट फ्रन्ट र रियर स्पिड प्लेटहरू र रातो फ्रन्ट ब्रेक क्यालिपरहरूका लागि नयाँ ग्लोस ब्ल्याक फिनिस डिजाइन दिइएको छ।

अगाडि र पछाडि हुन्डाई लोगोमा पनि डार्क क्रोम फिनिस टर्च दिएको यो संस्करणमा विङ्स मिरर, रुफ रेल्स, साइड सिल्स र सी पिलर गार्निसले पनि ब्ल्याक आउट लुक्स दिइएको छ। यस्तै, पाङ्ग्रा पनि नयाँ मेटलबाट तयार पारिएको कम्पनीले जनाएको छ। 

गाडीको इन्टेरियर डिजाइनमा सिट अपहोल्स्ट्री र ड्यासबोर्डलगायत सबै कालो बनाइएको छ। एसी भेन्टहरू रातो रंगमा रहेका छन्। सिटहरूमा रातो कन्ट्रास्ट दिइएको कम्पनीले जनाएको छ।

क्रेटा नाइट संस्करण भर्खरै प्रस्तुत गरिएको एस प्लस र एसएक्स ओ स्वचालित भेरियन्टहरूमा उपलब्ध छ। यो १.५ लिटर पेट्रोल वव डिजेल इन्जिनमा हुन सक्ने कम्पनीको भनाइ छ। तर १.४ लिटर टर्बो पेट्रोल इन्जिन भने यसमा हुने छैन।

Shivam cement

हुन्डाई क्रेटा आईएमटी एस भेरियन्टमा मात्र उपलब्ध हुनेछ। यसमा आईएमटी गियरबक्स उपलब्ध छ। हुन्डाईले क्रेटामा ११५ एचपी, १.५ लिटर पेट्रोल इन्जिनमा ६ स्पीड आईएमटी क्लचलेस म्यानुअल गियरबक्स ल्याएको छ। यो पेट्रोल इन्जिन अब तीन गियरबक्स विकल्पहरूसँग उपलब्ध हुनेछन्। जसमा ६ स्पीड म्यानुअल, आईएमटी र एक सीभीटी स्वचालित रहेका छन्।

नाइट संस्करण भेरियन्टसँगै हुन्डाईले २०२२ मोडल वर्षको लागि क्रेटामा धेरै अपडेटहरू पनि प्रस्तुत गरेको छ। हुन्डाईले क्रेटाको मिड–स्पेक एस ट्रिममा ११५ हर्स पावरको साथ १.५ लिटर प्राकृतिक रूपमा एस्पिरेटेड पेट्रोल इन्जिनसहितको नयाँ ६–स्पीड आईएमटी गियरबक्स उपलब्ध गराएको छ।

प्रकाशित: May 04, 2022| 20:03 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्