काठमाडौं- वैशाख ९ गते देखि १६ गतेसम्म बैंकिङ प्रणालीबाट १ करोड मात्रै निक्षेप संकलन घटेको छ। विदेशी मुद्रामा निक्षेप संकलन भने २ करोडले बढेको छ।
स्वदेशी मुद्रा तथा विदेशी मुद्रामा गरेर निक्षेप संकलन भने गत साता १ अर्बले बढेको नेपाल बैंकर्स संघले जनाएको छ। यसैगरी कर्जा प्रवाह भने गत साता ३ अर्बले बढेको छ।
अघिल्लो साता कुल ४१ खर्ब ९४ अर्ब कर्जा प्रवाह भएकोमा गत साता ४१ खर्ब ९७ अर्ब कर्जा प्रवाह भएको छ। बैंकिङ प्रणालीमा तरलताको चरम अभाव रहेपनि कर्जा विस्तार भने रोकिएको छैन।
यस अवधिमा बैंकिङ प्रणालीबाट २३ अर्ब रुपैयाँ निक्षेप घटेको छ। वैशाख २ गतेसम्ममा १२ अर्ब, बैशाख ९ गतेसम्ममा १० अर्ब र यो साता १ अर्ब गरी कुल २३ अर्ब बैंकिङ प्रणालीबाट रकम बाहिरिएको हो। यस अवधिमा ३ अर्ब कर्जा प्रवाह घटेको छ भने गत साता ३ अर्बले बढेको बैंकर्स संघले जनाएको छ।