काठमाडौं- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पूर्वराज्यमन्त्री मोतिलाल दुगडको विराटनगर मोरङस्थित दुगड स्पाइसेज एन्ड इन्डस्ट्रिज प्रालिलाई कारबाही गरेको छ।
नक्कली, गुणस्तरहीन तथा मिसावटयुक्त मसला बिक्री गरेको पाइएपछि विभागले ३ लाख रुपैयाँ जरिवाना गराएको हो। गत साउन २९ गते नक्कली तथा मिसावटयुक्त मसला उत्पादन तथा विक्री वितरण गरेको भन्दै उनको कम्पनीविरुद्ध विभागमा उजुरी परेको थियो।
उक्त उजुरीका आधारमा नमूना संकलन गरी परीक्षण गर्दा मसला गुणस्तरहीन पाइएको हो। गत चैत २ गते विभागको निर्णयले दुगडको कम्पनीलाई कारवाही गर्ने निर्णय गरेको विभागले जानकारी दिएको छ।
विभागले आगामी दिनमा गुणस्तरीय मसला उत्पादन गरी बिक्री वितरण नगर्न पनि दुगडलाई निर्देशन दिएको छ। मोतीलाल दुगड नेकपा एमालेका प्रतिधिनिसभाका समानुपातिक सांसद तथा अर्थसमितिका सदस्यसमेत हुन्। केपी ओली प्रधानमन्त्री भएका बेला उनी प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसमेत थिए।