शनिबार, मंसिर १३, २०८२

कारागारबाट भागेका कैदीलाई थप ६ वर्ष जेल सजाय

कारागारबाट भागेका कैदी यमराज परियारलाई दाङ जिल्ला अदालतले थप ६ वर्ष सजायको फैसला गरेको छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं– कारागारबाट भागेका कैदी यमराज परियारलाई दाङ जिल्ला अदालतले थप ६ वर्ष सजायको फैसला गरेको छ। यसअघि १२ वर्ष कैद सजाय तोकिएका परियारले १८ वर्ष जेल बस्नुपर्ने भएको हो। 

National life

गएको पुस ८ गते अस्पताल जाने क्रममा प्रहरी जवानसँगको मिलेमतोमा भागेर भारतबाट पक्राउ परेका कैदी यमराजलाई भुक्तान गर्न बाँकी र थप गरी अदालतले १८ वर्षको कैद सजायको फैसला सुनाएको हो।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका परियारले सात वर्ष पाँच महिना कैद सजाय भुक्तान गरिसकेका थिए। अदालतका न्यायाधीश डिल्लीराज शर्मा अर्यालको इजलासले भुक्तान गर्न बाँकी १२ वर्ष ६ महिना र थप ६ वर्ष ३ महिना गरी १८ वर्ष १० महिना कैद सजाय सुनाएको हो। कारागार ऐन २०१९ को दफा २४ को ३ मा कैदी कारागारबाट भागेमा पक्राउपछि बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था छ। त्यहीअनुसार अदालतले यमराजलाई थप ६ वर्ष तीन महिना साढे १४ दिन कैद सजाय तोकेको छ। 

त्यस्तै, यमराजलाई भगाउन सहयोग गर्ने प्रहरी जवान धनबहादुर चौधरीलाई १० वर्ष कैद सजाय फैसला भएको छ। गर्भवती प्रेमिकाको हत्यामा जन्मकैदको सजाय काटिरहेका यमराज गएको पुस ८ गते बिहान प्रहरी जवान धनबहादुर चौधरीसँग उपचारका लागि अस्पताल गएका थिए।

छालाको उपचारका लागि गएका प्रहरी जवान चौधरी र कैदी यमराज अस्पताल नगएर दुई महिलासहित घोराही बीपी चोकमा रहेको थकाली भान्सा घर एन्ड लजमा पुगेका थिए। त्यही क्रममा कैदी यमराज प्रहरीको लु ३४ प ४१० नम्बरको मोटरसाइकल लिएर भागेका थिए। त्यसलगतै प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालको कमान्डमा प्रहरी खटिएर घटनाको अनुसन्धान गरेको थियो। रिजालको कमान्डमा याङ्की अप्रेशन मार्फत भागेको एक महिनापछि कैदी परियारलाई गएको माघ १० गते भारतको लुधियानाबाट पक्राउ गरिएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 04, 2022| 17:56 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।