आइतबार, मंसिर ७, २०८२

खेलकुद पत्रकार मञ्चमा पुनः सुवेदी

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को १७ औं साधारणसभाबाट अध्यक्षमा देवेन्द्र सुवेदी निर्वाचित भएका छन्।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को १७ औं साधारणसभाबाट अध्यक्षमा देवेन्द्र सुवेदी निर्वाचित भएका छन्। मञ्चको आजको चुनावी साधारणसभाबाट सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन भएको हो।

National life

दुर्गानाथ सुवेदी (देवेन्द्र) र प्रकाश तिमल्सिना अध्यक्ष पदका लागि निर्वाचनमा भिडेका थिए। यी दुई उम्मेदवारबीच पछिल्लो चुनाव (२०७५) मा पनि प्रतिस्पर्धा भएको थियो। त्यो निर्वाचनमा तिमल्सिनालाई ११ भोटले पछि पार्दै सुवेदीले जित निकालेका थिए। यिनै दुई उम्मेदवारबीच आज प्रतिस्पर्धा भएको थियो।

निर्वाचनमा सुवेदीले ५९ मत पाए भने तिमल्सिनाले ३३ मत हात पारे। अध्यक्ष, सदस्य र महिला सदस्यमा मात्र निर्वाचन भएको थियो। मञ्चका सदस्य रहेका १०० सदस्यमध्ये ९४ जनाले मत दिएका थिए। त्यसमध्ये अध्यक्षमा दुई मत बदर भएका थिए।

मञ्चको वरिष्ठ उपाध्यक्ष्य, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पद भने सर्वसम्मत भएका छन्। उपाध्यक्षमा ध्रुव तुलाधरले सहमतिबाट उम्मेदवारी नदिने भएपछि वरिष्ठ उपाध्यक्षमा निरञ्जन अधिकरी चयन भएका छन्। त्यस्तै उपाध्यक्षमा गोविन्द रेग्मी र सञ्जिव शिल्पकार सर्वसम्मत चयन भएका हुन्। त्यस्तै महासचिव, सचिव र कोषाध्यक्षमा पनि निर्वाचन भएन।

महासचिवमा प्रज्वल ओलीको एक्लो उम्मेदवारी परेको थियो भने सचिवमा अन्जन खड्का र कोषाध्यक्षमा सुजन श्रेष्ठको मात्र उम्मेदवारी परेको थियो। तीन जनालाई भोट हाल्न पाइने सदस्य पदका लागि ४ जनाको उम्मेदवारी परेको थियो। जहाँ सदस्यहरूमा अनिल मल्ल ठकुरी, निशान राई, कुशल तिमल्सिना र सञ्जिव शाहले आफ्नो उम्मेदवारी दिएका थिए। त्यसमा शाहले सबैभन्दा थोरै मत २८ पाएर पराजित भए। सदस्यमा कुशलले ५३, निशानले ६५ र अनिलले ६८ मत पाएका थिए।

Laxmi sunrise bank
kumari

त्यस्तै महिला सदस्यमा मुना कार्की र लक्ष्मी जीसीले प्रतिस्पर्धा गरेकोमा मुना कार्कीले २६ मतान्तरले जित निकालेकी छन्। मुनाले ६२ र लक्ष्मीले ३६ मत पाइन्।

प्रकाशित: May 04, 2022| 17:02 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।