शुक्रबार, वैशाख १८, २०८३

जिम्बावेमाथि नेपालको सानदार जित

ओपनर आसिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपालले तेस्रो टी२० अभ्यास खेलमा जिम्बावे ए माथि ८ विकेटको सानदार जित हात पारेको छ। योसँगै तीन टी२० खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं– ओपनर आसिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपालले तेस्रो टी२० अभ्यास खेलमा जिम्बावे ए माथि ८ विकेटको सानदार जित हात पारेको छ। योसँगै तीन टी२० खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ।

National life

जितका लागि १ सय ३७ रनको विजयी पछ्याएको नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा ओपनर तथा विकेटकिपर आसिफ शेख ५४ बलमा १३ चौका र १ छक्कासहित ८७ रनमा अविजित रहेका थिए।

पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले ९.३ ओभरमा ८८ रनको साझेदारी गर्दै जितको आधार सहज बनाएका थिए। कुशल भुर्तेल २६ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा बोल्ड भए। ब्रेन्डन मभुताले कुशललाई बोल्ड गरेका थिए बसिर अहमद १० रनमा आउट भए।

त्यसअघि टस जितेर ब्याटिङ थालेको जिम्बावे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो। जिम्बावे ए का रोय कैयाले ४१ बलमा ७ चौकासहित सर्वाधिक ४९ रन बनाए। 

नेपालका सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। सोमपाल कामीले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए। बसिर अहमदले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए। तीन टी२० सिरिजमा नेपाल पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेल भारी वर्षाका कारण रद्द भएको थियो।

अब तीन एकदिवसीय अभ्यास खेल हुनेछ। नेपाल र जिम्बावे ए बीचको पहिलो एकदिवसीय अभ्यास खेल शुक्रबार हुनेछ। एकदिवसिय सिरिजको लागि भने नेपालले फरक टोली घोषणा गरेको छ।

नेपालको एकदिवसीय टोली

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशान भारी र आदिल अन्सारी

खेल तालिका

वैशाख २३ः बिहान ९ः३० बजे

वैशाख २४ः बिहान ९ः३० बजे

वैशाख २६ः बिहान ९ः ३० बजे

प्रकाशित: May 04, 2022| 16:43 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।