मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • खेलकुद पत्रकार मञ्च निर्वाचन : अध्यक्ष, सदस्य र महिला सदस्यबाहेक सबै सर्वसम्मत

खेलकुद पत्रकार मञ्च निर्वाचन : अध्यक्ष, सदस्य र महिला सदस्यबाहेक सबै सर्वसम्मत

मंगलबारको चुनाबमा अध्यक्ष, सदस्य र महिला सदस्यमा मात्र निर्वाचन हुने भएको छ। मन्चको वरिष्ठ उपाध्यक्ष्य, उपाध्यक्ष, महाचिव, सचिव र कोषाध्यक्ष पद भने सर्वसम्मत हुने भएको छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्चको १७औं साधारणसभा आज काठमाडौंमा जारी छ। मञ्चको यो चुनाबी साधारणसभामा नयाँ कार्य समितिको चयन हुँदै छ।

मंगलबारको चुनाबमा अध्यक्ष, सदस्य र महिला सदस्यमा मात्र निर्वाचन हुने भएको छ। मन्चको वरिष्ठ उपाध्यक्ष्य, उपाध्यक्ष, महाचिव, सचिव र कोषाध्यक्ष पद भने सर्वसम्मत हुने भएको छ।

आज ३ बजे हुने निर्वाचबमा देवेन्द्र सुवेदी र प्रकाश तिमल्सिना अध्यक्ष पदका लागि भिड्दै छन्। यी दुई उम्मेदवारबीच पछिल्लो चुनाबमा पनि प्रतिस्पर्धा भएको थियो। त्यो निर्वाचनमा तिमल्सिनालाई ११ भोटले पछि पार्दै सुवेदीले जित निकालेका थिए। यी नै दुई उम्मेदवारबीच आज भोटिङ हुँदैछ। 

यता उपाध्यक्ष भने सर्बसम्मतले चयन भएको छ। जहाँ ध्रुव तुलाधरले आफ्नो उम्मेदवारी नदिने भएपछी  वरिष्ठ उपादक्ष्यमा निरन्जन अधिकरी चयन भएका छन्। त्यस्तै उपाध्यक्षमा  गोविन्द रेग्मी र संजिव शिल्पकार चयन भएका छन्। त्यस्तै महाचिव, सचिव र कोषाध्यक्षमा पनि निर्वाचन नहुने भएको छ।

महासचिव पदमा प्रज्वल ओली को एक्लो उम्मेदवारी परेको छ भने सचिवमा अन्जन खड्का र कोषाध्यक्षमा सुजन श्रेष्ठको मात्र उम्मेदवारी परेको छ।

kumari

तीन जनालाई भोट हाल्न पाइने सदस्य पदका लागि चार जनाको उम्मेदवारी परेको छ। जहाँ सदस्यहरुमा अनिल मल्ल ठकुरी, निशान राई सुचा, कुशल तिमल्सिना र संजिव शाहले आफ्नो उम्मेदवारी दिएका छन्। त्यस्तै महिला सदस्यमा मुना कार्की र लक्ष्मी जि.सीले प्रतिस्पर्धा गर्ने भएका छन्।

प्रकाशित: May 04, 2022| 13:36 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।