बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बुकिङ गरेको ६ वर्षसम्म पनि आएन टेस्लाको गाडी, ग्राहकले मागे रकम फिर्ता

बुकिङ गरेको ६ वर्षसम्म पनि आएन टेस्लाको गाडी, ग्राहकले मागे रकम फिर्ता

सन् २०१६ मा भारतमा टेस्ला मोडल ३ को बुकिङ खुला गरेर ग्राहबाट रकम लिए पनि कार नआएपछि ग्राहकले रकम फिर्ता मागेका हुन्।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं- टेस्लाको गाडी बुकिङ गरेको ६ वर्ष बितिसक्दा पनि डेलिभरी नपाएपछि ग्राहकले रकम फिर्ता मागेका छन्। सन् २०१६ मा भारतमा टेस्ला मोडल ३ को बुकिङ खुला गरेर ग्राहबाट रकम लिए  पनि कार नआएपछि ग्राहकले रकम फिर्ता मागेका हुन्।

National life

सो समयमा भारतमा टेस्ला मोडल ३ को बुकिङका लागि ग्राहकहरूबाट एक हजार डलर चार्ज गरिएको थियो। हालसम्म कम्पनीले भारतमा डेलिभरी सुरु गर्न कुनै निश्चित समय सीमा घोषणा गरेको छैन। तसर्थ ग्राहकहरुले बुकिङ रकम फिर्ता मागेका हुन्। 

टेस्लाले अन्य मुलुकमा निरन्तर मोडल ३ कार डेलिभर गरिरहेको तर भारतमा मात्रै नगरेका कारण ग्राहक रुष्ट बनेका हुन्। टेस्लाले केही समयअघि भारत सरकारसँग करमा विशेष छुटको माग गरेको थियो। 

तर सरकारले कुनै एक कम्पनीका लागि कर नीति परिवर्तन गर्न नसकिने भन्दै अस्वीकार गरेको थियो। त्यस्तै अर्कोतर्फ टेस्ला र भारत सरकारबीच टेस्लाको इलेक्ट्रिक कार भारतमा उत्पादन गर्ने विषयमा धेरै चरणको वार्ता भइसकेको छ।

सन् २०२१ को सुरुदेखि भारतमा आफ्नो इलेक्ट्रिक कारको उत्पादन सुरु गर्ने बताएको थियो तर पछि टेस्लाले चीनबाट भारतमा कार आयात गर्ने बताएको थियो। अन्ततः अझै  पनि भारतमा टेस्लाको लगानीको बाटो भने खुल्न सकेको छैन। टेस्लाले गत वर्ष बैंगलोरमा आफ्नो कार्यालय भने खोलेको छ।

Shivam cement

प्रकाशित: May 04, 2022| 12:24 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्