सोमबार, असोज १२, २०८३

ओपो एफ–१९ प्रोको मूल्य घट्यो

ओपोको पहिलो प्रिमियम स्मार्टफोन एफ १९ को मूल्य घटेर आएको छ। कम्पनीले सुरुमा ४० हजारमा बिक्रि गर्दै आएको यो स्मार्टफोनको मूल्य घटाएर ३६ हजारमा झारेको हो।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं– ओपोको पहिलो प्रिमियम स्मार्टफोन एफ १९ को मूल्य घटेर आएको छ। कम्पनीले सुरुमा ४० हजारमा बिक्रि गर्दै आएको यो स्मार्टफोनको मूल्य घटाएर ३६ हजारमा झारेको हो।

यसका डिजाइन र प्रविधिसँगै ट्रेन्ड सेटरहरुका बीचमा ३० वाट भिओओसी फ्लास चार्ज ४.० प्रविधि र दैनिक कार्य क्षमतालाई बढाउने कलर ओएस ११.१ यो स्मार्टफोनमा प्रयोग गरिएको छ। कम्पनीका अनुसार जेनेरेशन अपग्रेडको साथ आएको यो फोनमा एआई कलर पोट्र्रेट भिडियो र डुअल भ्यु भिडियोको साथ एआई सञ्चालित पोट्र्रेट फोटोग्राफीको सुविधा छ। 

यसमा फोटोका लागि ४८ एमपी क्वाड क्यामेरा र भिडियो क्यामरामा ८ एमपी अल्ट्रा वाइड एंगल क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा २ एमपी मोनो क्यामेरा राखिएको छ। त्यस्तै सेल्फी क्यामरामा ३२ एमपी फ्रन्ट फेसिङ क्यामेरा पनि रहेको छ।

एफ सिरीज अल्ट्रा स्लिम डिजाइनका लागि प्रख्यात छ। एफ १९ प्रो मा पनि यो विशेषता रहेको छ । यो स्मार्टफोन मा  ७.८  मिलिमिमट अल्ट्रा स्लिम बडी, १७२ ग्राम तौल र थ्रीडी ब्याट्री कभर रहेको छ। 



प्रकाशित: May 04, 2022| 11:59 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्