मंगलबार, वैशाख २५, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • माओवादी केन्द्रद्वारा १४ जनालाई कारबाही, जसपाद्वारा ६ जना निष्कासित

माओवादी केन्द्रद्वारा १४ जनालाई कारबाही, जसपाद्वारा ६ जना निष्कासित

स्थानीय तह निर्वाचनमा पार्टीको निर्णयविरुद्ध बागी उम्मेदवारी दिने प्रदेश १ का १४ जनालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ।
 |  मंगलबार, वैशाख २०, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

मंगलबार, वैशाख २०, २०७९

विराटनगर- स्थानीय तह निर्वाचनमा पार्टीको निर्णयविरुद्ध बागी उम्मेदवारी दिने प्रदेश १ का १४ जनालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ। 

triton college

पार्टी निर्णय विरुद्ध दिइएको बागी उम्मेदवारी फिर्ता गर्न दिएको निर्देशन अटेर गर्ने प्रदेश सदस्यहरू केपी बराल, भीम बहादुर अधिकारी, उदयपुरका प्रदेश विभाग प्रमुख यदु ढकाललाई  कारबाहीको लागि केन्द्रमा सिफारिस गरिएको माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेती (सुशील)ले बताए। 

उनका अनुसार निलम्बनमा पर्नेहरूमा उदयपुरका सावित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जामगर, रामप्रसाद बराल र सन्तोष सुवेदी रहेका छन्। धनकुटाका सिताराम श्रेष्ठ, ताप्लेलुङका जीवन ताम्लिङ र सुनसरीका राम विष्ट रहेका छन्। 

विराटनगर महानगरको उपमेयरमा उम्मेदवारी दिएकी माओवादी केन्द्र महानगर सचिव नमिता न्यौपानेका बारेमा माओवादीले जारी विज्ञप्तिमा केही उल्लेख छैन। न्यौपानेलाई माओवादी नेताहरूकै साथ रहेको बताइएको छ।  गठबन्धनदलहरुमा सहमति नजुटे पनि न्यौपाने उपमेयरमा र केमुना ओडारी (शारदा) ले स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका थिए। ओडारीले उम्मेदवारी फिर्ता लिए पनि न्यौपानेले भने पार्टीबाट आफू अलग भएको बताएकी छिन्। न्यौपाने २०७४ को निर्वाचनमा उपमेयरमा तेस्रो भएकी थिइन।

त्यसैगरि जनता समाजवादी पार्टीले विराटनगरको मेयरमा उम्मेदवारी दिएका उमेश यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएको छ। 

corrent noodles
Metro Mart

गठबन्धनको निर्देशन र पार्टी निर्णय विपरित उम्मेदवारी दिने यादव, उपमेयरमा उम्मेदवारी दिएको वसुन्धरा झा, विराटनगरका वडाध्यक्षका उम्मेदवारहरू जितेन्द्र साह, नन्दलाल मण्डल, वीरेन्द्र कामत, महिचन्द्र यादव र वडा सदस्यहरूलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरि निष्कासन गरिएको जसपा मोरङ अध्यक्ष राजकुमार यादवले बताए। 

जसपा पार्टी परित्याग गरी मेयरमा उम्मेदवारी दिएका यादवले २०७४ को निर्वाचनमा तेस्रो मत ल्याएका थिए।

प्रकाशित: May 03, 2022| 07:15 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।