शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'प्रहरी र सशस्त्रमा सेवा प्रवेश र अवकाशको 'ब्यारेल' हटाउने तयारीमा सरकार'

'प्रहरी र सशस्त्रमा सेवा प्रवेश र अवकाशको 'ब्यारेल' हटाउने तयारीमा सरकार'

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सेवा प्रवेश र अवकाशका ब्यारेल नराख्‍ने तयारीमा सरकार रहेको बताएका छन्।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं-  गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सेवा प्रवेश र अवकाशका ब्यारेल नराख्‍ने तयारीमा सरकार रहेको बताएका छन्। 

National life

उमेरहदका कारण अवकाशमा जान लागेका नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसीको बिदाईका लागि बुधबार गृह मन्त्रालयले गरेको कार्यक्रममा गृहमन्त्री खाणले प्रहरी र सशस्त्रमा ३० वर्षे सेवा अवधि के गर्ने होला? भन्ने विषयमा छलफल प्रारम्भ भएको बताएका हुन्।

‘दुबै प्रहरीमा लामो समयदेखि सेवाअवधिका कारणले यहाँहरूको असीमित क्षमता हुँदाहुँदै पनि बिदा गर्न परिरहेको छ। ३० वर्षलाई के गर्ने होला? त्यसका लागि छलफल भइरहेको छ। प्रारम्भदेखि नै दुबै प्रहरीको सेवा प्रवेश र अवकाशका लागि यति धेरै ब्यारेलहरू राख्‍न हुँदैन, मानिसको उमेर पनि बढिरहेको छ, ‘एक्सपेरिइन्स’ पनि बढिरहेको छ,’ गृहमन्त्री खाणले भने, ‘उमेरको हदबन्दीलाई मिलान गर्ने, पदीय समायोजनको कुरालाई पनि मिलान गर्ने गर्दा ३० वर्षलाई नराख्दा हुन्छ भन्ने छ। प्रहरीमा अवकाश पाउन लागेकाले ३० वर्ष लाग्‍न हुन्‍न भन्छन्। उनीहरूलाई पठाएर आफू बन्‍न चाहनेले लगाउनुपर्छ भन्छन्। हामीले गर्दाखेरी संस्थालाई हित हुने कसैलाई पनि नकारात्मक प्रभाव नपर्ने समयमा मिलान गर्नुपर्छ भन्‍ने हाम्रो धारणा छ।’

सरकारको चाहना उमेरहदलाई पहिल्यै मिलान गर्ने रहे पनि लामो समयसम्म संगठनलाई व्यवस्थित राख्‍न नसकेको र निर्वाचनको मुखमा नीतिगत निर्णय नगरौँ भन्‍ने सल्लाहका कारण तत्कालका लागि रोकिएको गृहमन्त्री खाणले बताए। 

‘हाम्रो चाहना त पहिल्यै नै मिलान गरिदिउँ भन्‍ने थियो। तर, अहिले लामो समयसम्म संस्थालाई हामीले व्यवस्थितरूपमा चलाउन पनि सकिएन, निर्वाचन पनि आइसकेका कारणले निर्वाचनको सम्मुखमा नीतिगत यस्ता ठूला निर्णयहरू नगरौं भन्ने हिसाबले रहेको छ,’ गृहमन्त्री खाणले भने, ‘उपयुक्त समयमा यो विषयमा हामीले खास निर्णय गर्नेछौँ।’ 

Shivam cement

उनले प्रहरी र सशस्त्रले सीमित स्रोत र साधनलाई उपयोग गरेर असीमित भूमिका र कार्य गरेको भन्दै प्रशंसा गरेका छन्। त्यसका लागि उनले अवकाश भएर जान लागेका दुबै महानिरीक्षकहरूलाई सरकारका तर्फबाट धन्यवाद व्यक्त गरे। 

‘सीमा सुरक्षा, नागरिकको जीवन रक्षा र राष्ट्रमा हुने विभिन्‍न अवाञ्छनीय गतिविधि र अपराधिक घटनाको रोकथाम र प्राकृतिक विपद्का बेलामा कठिन समयमा साहसजन्य काम दुबै प्रहरी संगठनले सीमित स्रोत र साधनको प्रयोग गरेर गरेका छन्,’ गृहमन्त्री खाणले भने। 

गृहमन्त्री खाणले नेपाल प्रहरीका महानिरीक्षक थापा आफ्ना कारणले कहिल्यै पनि विवादमा नआएको बताए। ‘नेपाल प्रहरीमा शैलेश थापाले ज्यादै नै सफलताका साथ आफ्नो कार्यकाल सम्पन्‍न गर्नुभएको छ,’ उनले भने, ‘हाम्रो कारणले कहिलेकाहीँ विवादमा आउनु भयो होला, तर आफ्नो कार्यक्षेत्र, अधिकार र निर्णयका कारणले कुनै पनि विवादमा आउनुभएन।’ 

गृहमन्त्री खाणले मन्त्रालयको भूमिकाका हिसाबले भन्दा थापाले शतप्रतिशत नम्बर प्राप्त गरेको बताए। 

सशस्त्र प्रहरीका महानिरीक्षक केसीले आफ्नो छोटो कार्यकालमा ‘हुने बिरुवाको चिल्लो पात भने जस्तै राम्रा कामको थालनी गरेको गृहमन्त्री खाणले बताए। 

सरकारले बिदाई भएर गएका थापा र केसीबाट आगामी दिनमा विभिन्‍न नीतिगत कुराहरूमा संस्थालाई सबल गराउने क्रममा सुझाव र सल्लाह प्राप्त गरिरहने आशा राखेको बताए।

प्रकाशित: May 01, 2022| 17:32 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।