मंगलबार, साउन २६, २०८३

वीरगन्ज हेल्थकेयरमा आगो लाग्दा करोडौंको क्षति

वीरगन्ज महानगरपालिका-१४ गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा विद्युत सर्ट भएर आगलागी भएको छ।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

वीरगन्ज- वीरगन्ज महानगरपालिका-१४ गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा विद्युत सर्ट भएर आगलागी भएको छ। आगलागीबाट करोडौंको क्षति भएको प्रहरीले जनाएको छ। 

अस्पतालको तेस्रो तल्लामा रहेको डायलोसिस शाखामा शुक्रबार राति ९ बजेतिर विद्युत सर्ट भएर आगलागी भएको हो। 

आगलागीबाट डायलोसिस शाखामा रहेका डायलोसिस मेसीन ६ वटा, भेन्टिलेटर २ वटा, कार्डियेक मोनिटर ६ वटा र बेड ६ वटा जलेर नष्ट भएका छन्। अस्पतालका सन्चालक डाक्टर अबुल हैयश अन्सारीले आगलागीका बेला डायलोसिस शाखामा बिरामी र स्वास्थ्यकर्मी नभएकाले मानवीय क्षति भने हुन नपाएको बताए। 

शुक्रबार राति ९ बजेतिर हावाहुरीसँगै पानी परिरहेका बेला चट्याङ पनि खसिरहेकाले चट्याङकै कारण डायलोसिस शाखामा विद्युत सर्ट भएर आगलागी भएको अन्सारीले बताए।

वीरगन्ज महानगरपालिकाको वारुणयन्त्रको मदतमा अग्नि नियन्त्रक र प्रहरीले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 30, 2022| 08:36 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।