बिहीबार, माघ १५, २०८२

एमाले विराटनगर उपमेयरकी उम्मेदवारविरुद्ध उजुरी

विराटनगर महानगरपालिका एमालेकी उपमेयर उम्मेदवार शिल्पा निराला कार्कीसहित तीन जना महिला वडासदस्य विरुद्ध उजुरी परेको छ।
 |  बुधबार, वैशाख १४, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, वैशाख १४, २०७९

विराटनगर- विराटनगर महानगरपालिका एमालेकी उपमेयर उम्मेदवार शिल्पा निराला कार्कीसहित तीन जना महिला वडासदस्य विरुद्ध उजुरी परेको छ। 

National life

सोमबार मनोनयन दर्ता गराएकी कार्की कोशी अस्पताल विकास समितिको सदस्य रहेको दाबीसहित दलीय गठबन्धनतर्फ जसपाका उपमेयर अमरेन्द्र यादवले उजुरी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए। उनका अनुसार  कार्कीसँगै अन्य तीन जना महिला वडा सदस्यविरुद्ध पनि उजुरी परेको छ। 

उजुरीका विषयमा आवश्यक जाँचबुझ गर्ने र निर्णय हुने मुख्य निर्वाचन अधिकृत भरत लम्सालले बताए। कार्कीले मंगलबार पदबाट राजीनामा लागि निवेदनसहित अस्पताल पुगेको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञ खरेलले बताए। 

मेसु डा. खरेलले कार्की अस्पताल विकास समितिको सदस्य रहेको बताएका छन्। सदस्य कार्कीले अस्पताल विकास समितिबाट बैठक भत्ता र सुविधा लिने गरेको बताएका छन्। 

निर्वाचन अधिकृतको कार्यालयमा वडा नम्बर ८ मा दुई महिला सदस्यका उम्मेदवार र वडा नम्बर १३ मा एक महिला सदस्य विरुद्ध उजुरी परेको छ। 

Laxmi sunrise bank
kumari

वडा नम्बर ८ बाट मनोनयन दर्ता गराएकी गीता मुखिया र सुशीला सहनीविरुद्ध दलित नभएको उजुरी परेको हो। वडा नम्बर १३ मा गौरीकुमारी वैश्यविरुद्ध भने अदालतले तोकेको जरिवाना नतिरेको विषयमा उजुरी परेको कार्यालयका सूचना अधिकारी बुढाथोकीले जानकारी दिए।

प्रकाशित: Apr 27, 2022| 08:05 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...