जनकपुर-जनकनन्दनी गाउँपालिकाको इनरुवामा एक युवकको शव फेला परेको छ । बिहान पाँच बजेको समयमा ति युवकको शव फेला परेको स्थानीयबासीले जनाएका छन् ।
कमला नगरपालिका ८ निवासी २५ वर्षका राजेश यादवको मृत्यू भएको प्रहरीले जनाएको छ । घटनास्थलमा एउटा कट्वा पेस्तोल र तीन थान खोका साथै यादवले प्रयोग गर्ने मोटरसाइकल फेला पारेको छ ।
रेल्वे स्टेसनमा काम गर्ने इन्जिनियर फिल्डमा जाँदा वेवारिसे शव देखेपछि प्रहरीलाई खबर गरेर घटना सार्वजनिक भएको थियो ।
घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४