विराटनगर- नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
एमाले महासचिव शंकर पोखरेलले मेयरमा थापा र उपमेयरमा कार्कीको नाम टुङ्गो लागेको बताए। थापा महानगर कमिटी अध्यक्ष हुन भने शिल्पा उपाध्यक्ष हुन।
विराटनगरको मेयरमा थापा, केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यइा बाबुराम कार्की, प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेत र महेश भट्टराई र उपमेयरमा कार्की, विमला दाहाल घिमिरे र अञ्जु उपाध्याय (शिवा) को नाम महानगर कमिटीको सुझाव अनुसार जिल्ला कमिटीले प्रदेशलाई सिफारिस गरेको थियो।
प्रदेश कमिटीले जिल्लाको नामसँगै केन्द्रीय सदस्य तथा पूर्व साामजिक विकास मन्त्री जीवन घिमिरेको नाम मेयरमा रायका रुपमा केन्द्रीय कमिटीलाई पठाएको थियो।