बुधबार, वैशाख १२, २०८१

...अनि बन्यो देशकै होचो भूभागमा अनौठो गठबन्धन

मुस्लिम र आदिवासीको बाहुल्यता रहेको यो गाउँपालिका कांग्रेस नेता कृष्ण सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको निर्वाचन क्षेत्रभित्र पर्छ। यहाँ राप्रपाले यसअघि अध्यक्ष र उपाध्यक्षसहित बहमुत वडाहरु जितेको थियो।
 |  आइतबार, वैशाख ११, २०७९

अनिल यादव

अनिल यादव

आइतबार, वैशाख ११, २०७९

काठमाडौं– स्थानीय निर्वाचनका लागि कांग्रेसले देशभर एमालेविरुद्ध गठबन्धन गरिरहँदा नेपालकै सबैभन्दा होचो भूभागका रुपमा परिचित झापाको कचनकवल गाउँपालिकामा भने अनौठो गठबन्धन बनेको छ। राप्रपाको दबदबा रहेको यस गाउँपालिकामा कांग्रेस र एमालेबीच गठबन्धन हुने भएको हो। 

triton college

मुस्लिम र आदिवासीको बाहुल्यता रहेको यो गाउँपालिका कांग्रेस नेता कृष्ण सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको निर्वाचन क्षेत्रभित्र पर्छ। यहाँ राप्रपाले यसअघि अध्यक्ष र उपाध्यक्षसहित बहमुत वडाहरु जितेको थियो। 

त्यहीकारण यसपटक राप्रपाको पकड परास्त गर्न कांग्रेससँग तालमेल गर्न तयार भएको कचनाकवलका एमाले अध्यक्ष नवराज भट्टराइले बताए। ‘यहाँको स्थानिय सरकार राजतन्त्र पुनः फर्काउनुपर्छ भन्ने पुरातनवादी सोच बोकेर हिडिरहेको अवस्था छ,’ अध्यक्ष भट्टराइले नेपालसमयसँग भने, ‘राजेन्द्र लिङ्देनले राप्रपाको केन्द्रिय राजधानी कचनकवल हो भनेर सार्वजनिक अभिव्यक्ति दिएर हिडिरहँदा हामी लोकतन्त्र र गणतन्त्रका पक्षधरहरुलाई चित्त दुख्यो। त्यसैले यो लोकतान्त्रिक गणतन्त्रले स्थापना गरेको संविधानको रक्षा गर्न लोकतन्त्रवादीहरु एक ठाउँमा हुनुपर्छ र राजतन्त्रको अवशेषलाई समाप्त गर्नुपर्छ भन्ने हिसाबले पनि हामी यो चुनावी तालमेल गर्ने निष्कर्षमा पुगेको हो।’

सिटौला र लिङ्देनबीचको टकराव

झापा क्षेत्र नम्बर ३ मा स्थानिय निर्वाचन होस् या प्रतिनिधिसभाको यहाँको टकरावलाई सधैँ कृष्ण सिटौला र राजेन्द्र लिङदेनसँग जोडेर हेरिन्छ। त्यसैले देशभर अरुखाले चुनावी गठबन्धन बनिरहँदा यहाँ भने अनौठो समिकरण बनिदिन्छ। 

corrent noodles
Metro Mart

जस्तो कि, अघिल्लो पटककै निर्वाचनमा जाउ न, देशभर वाम गठबन्धनविरुद्ध लोकतान्त्रिक गठबन्धन बनिरहँदा यहाँ भने राप्रपा र एमालेविच गठबन्धन बनेको थियो। 

०५६ सालको आम चुनावमा पहिलोपल्ट लिङ्देन झापा क्षेत्र नम्बर १ बाट सिटौलाविरुद्ध चुनावमा उठेका थिए। त्यसपछि ७० को चुनावमा पनि लिङ्देन र सिटौलाविरुद्ध नै प्रतिष्पर्धा भयो, क्षेत्र नम्बर ३ बाट। दुवैपटक लिङ्देन हारे, तर हार खाएनन्। अन्ततः ०७४ को चुनावमा एमालेसँग ‘अनौठो’ गठबन्धन गर्दै लिङ्देनले सिटौलालाई हराए। कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई १३ हजार ४ सय ५५ मतले पछि पार्दै चुनाव जितेका थिए। 

तर, अचम्मको कुरा अघिल्लो पटक आफूलाई हराउन सहयोग गरेको एमालेसँगै यसपटक स्थानिय चुनावमा समिकरण गर्न तयार भएका छन्, सिटौला । त्यो पनि आफ्नै निर्वाचन क्षेत्रभित्र पर्ने कचनकवलमा। 

‘किन होला?’ 

‘किनभने कृष्ण सिटौला जसरी पनि लिङ्देनलाई हराउन चाहन्छन्। लिङ्देनले केन्द्रिय राजधानी घोषणा गर्दै आएको कचनकवलमा उनी राप्रपाको विजयी देख्न चाहँदैनन्, त्यसैले लिङ्देनसँगको इखका कारण कचनकवलमा बनेको तालमेल उनको पनि चाहना हो,’ कांग्रेस निकट त्यहाँका एक नेताले भने। 

कचनाकवल एमाले अध्यक्ष भट्टराइ यहाँ राजावादीहरुलाई परास्त गर्न पनि गठबन्धन अनिवार्य बनेको बताउँछन्। ‘‘राजेन्द्र लिङ्देन बाहिर ‘भ्रष्टाचार गरेर खानु, आमा रगत खानु सरह हो’भन्दै भाषण गर्नुहुन्छ तर उहाँको पाटीले जितेको कचनकवलको दृश्य ठिक उल्टो छ,’ उनले भने, ‘उल्टै संस्थागत भ्रष्टाचार बढेको छ। महालेखा परिक्षणको प्रतिवेदन हेर्दा झापाको गाउँपालिकामध्ये सबैभन्दा बढी बेरुजी यहाँ देखिएको छ। यि सब कुराले पनि हामी केन्द्रमाजस्तो तालमेल भएपनि यहाँ अनौठो गठबन्धन गर्न तयार भएका हौं।’

 तालमेल अनुसार कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष लिने सहमती भएको छ। अध्यक्षबाट कांग्रेसका कालेन्द्र राजवंशी उठ्ने भएका छन् उपाध्यक्षमा एमालेबाट भट्टराई स्वयम् उठ्ने भएका छन् । 

राप्रपाको अवस्था

राप्रपाका तर्फबाट भने बहालबाला गाउँपालिका अध्यक्ष अन्जरा आलम र उपाध्यक्ष निमसरी राजवंशी नै दोहोरिने भएका छन्। ०७४ को निर्वाचनमा पनि आलमले ५ हजार ८ सय १६ मत ल्याउँदै अध्यक्षमा विजयी भएका थिए। त्यतीबेला उनका प्रतिद्धन्दी कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशीले ५ हजार ३ सय ५३ मत ल्याएका थिए भने एमालेबाट शेरबहादुर खत्रीले ३ हजार ९ सय ७२ र माओवादी केन्द्रका हंसनारायण राजवंशीले एक हजार २ सय ७० मत पाएका थिए ।

गाउँपालिका अध्यक्ष आलम मुस्लिम आयोगका पूर्व सदस्य हुन्। अघिल्लो निर्वाचनमा सहभागी हुन उनले आयोगकको सदस्यबाट राजीनामा दिएका थिए । उनी ०५४ सालमा भएको स्थानीय निर्वाचनमा झापा जिल्ला विकास समितिको निर्वाचित सदस्य पनि हुन् । कचनकवलमा राप्रपाको पकड त्यसमाथि मुस्लिम र आदिवासीको बाहुल्यता भएकाले पनि आलम र राजवंशीलाई जित्न सहज भएको विश्लेषण थियो।  

माओवादी केन्द्रलाई पनि ल्याउने तयारी

कचनाकवलको एमाले–कांग्रेस गठबन्धनमा माओवादी केन्द्रलाई पनि जोड्ने तयारी भइरहेको छ। कचनकवल एमाले अध्यक्ष भट्टराइका अनुसार माओवादीलाई सहभागी गराउन निरन्तर छलफल भइरहेको छ। ‘सम्भवतः साँझसम्म माओवादी पनि हाम्रो तालमेलमा सहभागी हुनेछ, जसरी पनि राप्रपालाई हराएरै छाड्छौं,’ उनले भने। 

करिब ४० हजार जनसंख्या रहेको कचनकवल गाउँपालिकाको सिमाना भारतसँग पनि जोडिएको छ। यस गाउँपालिकामा ७ वटा वडा छन्। कांग्रेस–एमालले माओवादीलाई वडामा राम्रो भाग दिएर पनि तालमेलमा सहभागी गराउन खोजेको बुझिएको छ। त्यहीभएर अहिलेसम्म सबै वडाका उम्मेद्वारहरु पूर्णरुपमा फाइनल भइसकेका छैनन्। 


प्रकाशित: Apr 24, 2022| 18:09 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...