शुक्रबार, वैशाख २१, २०८१

मोरङमा उम्मेदवारी दर्ता सुरु

मोरङका १७ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता सुरु भएको छ। आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको हो।
 |  आइतबार, वैशाख ११, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

आइतबार, वैशाख ११, २०७९

विराटनगर-  मोरङका १७ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता सुरु भएको छ। आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको हो। 

triton college

विराटनगर महानगरपालिकामा हालसम्म पाँच जनाको उम्मेदवारी परेको छ। दुई वटा वडामा वडाध्यक्ष र तीन जना सदस्यको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए। 

उनका अनुसार विराटनगर-१० को अध्यक्षमा माधवराज वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। वाग्ले यसअघि सोही वडाका वडाध्यक्ष हुन्। 

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदार बनेर वडाध्यक्ष निर्वाचित भएका थिए। विराटनगर-१० मा खुला सदस्यका लागि मोहनप्रसाद साह हलवाई र वीरेन्द्रबहादुर खड्काको उम्मेदवारी परेको छ। 

विराटनगर–९ को वडाध्यक्षमा नेपाल सद्भावना पार्टीको तर्फबाट किशोरकुमार कलवारको उम्मेदवारी परेको छ। खुला सदस्यमा गणेशकुमार मोदीले उम्मेदवारी दिएका छन्। 

corrent noodles
Metro Mart

रंगेली नगरपालिकामा मंगल नेशनल अर्गनाइजेसनका तर्फबाट २ वडाध्यक्ष र ४ सदस्यको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत रामहरि शर्मा काफ्ले बताए। रंगेली-१ र ४ मा वडाध्यक्ष र रंगेली-१, ३ र ४ मा १-१ जनाले सदस्यमा मनोनयन दर्ता गराएको उनले बताए।  

मोरङका सवै स्थानीय तहमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको र उम्मेदवारी दर्ता चलिरहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले बताए। निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयनको समय तोकेको छ। 

मोरङका ठूला दलले निर्वाचन अधिकृतको कार्यालयसँग सोमबार मनोनयन दर्ताको समय लिएको बताइएको छ।

प्रकाशित: Apr 24, 2022| 13:14 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।