मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललितपुरको अक्सिजन प्लान्ट विस्फोटमा थप एक जनाको मृत्यु

ललितपुरको अक्सिजन प्लान्ट विस्फोटमा थप एक जनाको मृत्यु

ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा बिहीबार भएको विस्फोटमा थप एक जनाको मृत्यु भएको छ।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

ललितपुर- ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा बिहीबार भएको विस्फोटमा थप एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा भारतको पश्चिम चम्पारम रतनपुरूवाका ४५ वर्षीयको बृज महतो र भारतकै २५ वर्षीय राजकुमार महतो छन्। राजकुमारको उपचारका क्रममा र बृजको घट्नास्थलमै मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ। 

घटनामा परी घाइते भएका चन्द्रागिरी नगरपालिका-२ दहचोकका ४९ वर्षीय गंगाराज शर्माको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ। 

विस्फोटमा परी पर्साका ४३ वर्षीय रमेश अधिकारी, महालक्ष्मी नगरपालिका-८ की ३६ वर्षीया दुर्गा पुरी, गोदावरी नगरपालिका-९ का १९ वर्षीय सुदीप तिमिल्सेना, महांकाल गाउँपालिका-५ चन्द्नपुरका २२ वर्षीय ईश्वर बजगाई, ओखलढुंगाकी २० वर्षीया अन्जना पौडेल पनि घाइते भएका छन्। उनीहरू पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन्। 

बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा सिलिन्डर विस्फोट भएको थियो।

प्रकाशित: Apr 21, 2022| 18:39 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।