सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरूपमा सञ्चालन

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरूपमा सञ्चालन

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीवारदेखि विधिवत्रुपमा सञ्चालनमा आएको हो।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।

National life

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीवारदेखि विधिवत्रुपमा सञ्चालनमा आएको हो। 

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनीयर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको जानकारी दिए। उनले भने, 'दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल विधिवत्रुपमा सञ्चालन आएको छ। ७४ वर्षको नागरिक उड्डयन क्षेत्रको इतिहासमा यो कोसेढुंगा हो। परियोजनासँग जोडिएका प्रत्यक्ष र अप्रत्यक्षरूपमा संलग्न सबैलाई विशेष धन्यवाद दिन चाहन्छौं।'

महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको जानकारी दिए। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बिहीवारदेखि सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीका दिनदेखि हुने प्राधिकरणले जनाएको छ।

बिहीवारदेखि नयाँ धावनमार्गबाटै आन्तरिक उडान सञ्चालन भइसकेको छ। तथापि अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौं विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन्।

Shivam cement

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीवारदेखि आन्तरिकतर्फ उडान शुरू भएको अप्रेसन रेडिनेस एन्ड एयरपोर्ट ट्रान्सपोर्टका सहसंयोजक विक्रम गौतमले जानकारी दिए। नयाँ धावनमार्गबाट सबै उडान सञ्चालन हुने उनले उल्लेख गरे।

उनले भने, 'सन् १९५८ जुलाई ४ मा भैरहवा आन्तरिक विमानस्थलको रूपमा सञ्चालनमा आएको थियो। अहिले आएर हामीले अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा आजदेखि सुरु भयो भनेर घोषणा गरिसकेका छौं।'

विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि जजीरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ। जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ। हालसम्म औपचारिकरूपमा जजीराले अनुमति लिएको छ। अन्य एयरलाइन्सले पनि सम्पर्क गरिरहेका छन्। विमानस्थलको भ्रमणदेखि विभिन्न प्रक्रियामा चासो दिएका छन्। छिट्टै अन्य एयरलाइन्सले पनि उडान गर्ने विमानस्थलको विश्वास छ।

गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान अवतरण गर्नेछन्। यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा आउनु मुलुकको हवाई उड्डयन इतिहासमा नयाँ फड्को भएको सम्बद्ध अधिकारी बताउँछन्।     -रासस

प्रकाशित: Apr 21, 2022| 10:01 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।