मंगलबार, साउन २६, २०८३

ऋण सम्झौतापछि खानेपानी योजना निर्माण अगाडि बढ्यो

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चिजबहादुर दरैबीच सम्झौता भएको हो।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

तनहुँ- तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र नगर विकास कोषबीच ऋण सम्झौतापछि निर्माण कार्य अघि बढेको छ। 

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चिजबहादुर दरैबीच सम्झौता भएको हो। 

खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भएपछि सहलगानी आयोजनाअन्तर्गत मादीनदी लिफ्टी–खानेपानी आयोजनाका लागि ३ करोड ८१ लाखको ऋण सम्झौता भएको छ। 

खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भई  बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल खानेपानी आपूर्तितर्फ १५ करोड २४ लाख ३६ हजार रुपैयाँको दुवै कार्यालयबीच सम्झौता भएको हो। उपभोक्ताबाट संकलित ५ प्रतिशत अर्थात् १ करोड ३१ लाख रुपैयाँ खातामा जम्मा गरिसकेपछि सम्झौता भएको छ।

व्यास नगरपालिका–४ स्थित मादी नदी किनारबाट व्यास नगरपालिका–१ को अमिली भञ्याङमासम्म करीब ५ किलोमिटर लामो दूरीबाट पानी ल्याउन लागिएको भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए।

सम्झौतापश्चात् व्यास नगरपालिका–१ स्थित अमिलीभञ्याङमा प्रशोधन केन्द्रका लागि जग्गा सम्याउने काम सम्पन्न गरी सेडीमेन्टेन्सन, स्लो स्याण्ड र रिजर्भ ट्यांकी निर्माण भइरहेको छ। 

प्रकाशित: Apr 21, 2022| 09:46 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।