आइतबार, जेठ ६, २०८१

आठ महिनादेखि अर्थले रोक्यो स्वास्थ्यको १६ अर्ब बजेट

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अर्थ मन्त्रालयबाट पछिल्लो ८ महिनादेखि बजेट रोकिदिएको छ। 'अर्थले ८ महिनादेखि स्वास्थ्य मन्त्रालयको बजेट निकासाको बारेमा न त कुनै जानकारी गराएको छ न त निकासा नै गरेको छ,' स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने।
 |  बुधबार, वैशाख ७, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, वैशाख ७, २०७९

काठमाडौं- अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निकासा गर्नुपर्ने १६ अर्बभन्दा बढी रकम रोक्का गरिदिएको छ। आर्थिक वर्ष २०७८/०७९ का लागि छुट्याइएको बजेट रोक्का गरिदिएपछि स्वास्थ्य मन्त्रालयले नियमित कार्यसञ्चालन गर्न नै अप्ठेरो परेको गुनासो गरेको हो। बजेटमा उल्लेख भएको रकम नै अर्थले रोकिदिएपछि स्वास्थ्य मन्त्रालयलाई काम गर्नै अफ्ठेरो परेको छ।

triton college

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अर्थ मन्त्रालयबाट पछिल्लो ८ महिनादेखि बजेट रोकिदिएको छ। 'अर्थले ८ महिनादेखि स्वास्थ्य मन्त्रालयको बजेट निकासाको बारेमा न त कुनै जानकारी गराएको छ न त निकासा नै गरेको छ,' स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, 'अर्थले बजेट निकासा नगरिदिँदा स्वास्थ्यका काम र कार्यक्रम प्रभावित भएका छन्।' बजेट निकासाका लागि अर्थ मन्त्रालयमा माग प्रस्ताव प्राप्त भएपछि उक्त रकम निकासा हुने वा नहुने भनी सम्बन्धित निकायलाई १५ दिनभित्र जानकारी गराउनुपर्छ। ती अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालय र अस्पताल तथा कार्यक्रमका लागि अर्थसँग १६ अर्बभन्दा बढी माग गरिएको भएपनि निकासा भएको छैन। 

अर्थ मन्त्रालयले कोभिड नियन्त्रण तथा उपचारमा खर्च भएको ५ अर्ब २३ करोड, कोभिड-१९ रोकथाम तथा नियन्त्रण कार्यक्रमका लागि दिनुपर्ने ८२ करोड रकम निकासा गरेको छैन। त्यस्तै खोप अभियानका लागि ६८ करोड, विभिन्न अस्पतालको कोभिड व्यवस्थापनको ३५ करोड ९२ लाख, जोखिम भत्ताको १५ करोड ७० लाख रुपैयाँ पनि निकासा भएको छैन। 

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अर्थ मन्त्रालयबाट पछिल्लो ८ महिनादेखि बजेट रोकिदिएको छ। 'अर्थले ८ महिनादेखि स्वास्थ्य मन्त्रालयको बजेट निकासाको बारेमा न त कुनै जानकारी गराएको छ न त निकासा नै गरेको छ,' स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने।

यसैगरी, विभिन्न अस्पताललाई दिने भनिएको रकम पनि अर्थले रोक्का गरेको छ। धुलिखेल अस्पतालमा उपकरण खरिदका लागि माग गरिएको १० करोड रुपैयाँ सात महिनादेखि रोकिएको छ। त्यस्तै प्रादेशिक अस्पतालको सुर्खेतलाई भुक्तानी गर्नेगरी १ अर्ब १० करोड रुपैयाँ माग गरेको थियो। उक्त रकम पनि रोकिएको छ। स्वास्थ्य बिमा बोर्डका लागि ५ अर्ब २५ करोड रुपैयाँ माग गरिएको छ। वीर अस्पतालका लागि १० करोड रुपैयाँ, भेरी अस्पतालको २२ करोड रुपैयाँ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २५ करोड, परोपकार प्रसुति गृहको १० करोड रुपैयाँ, भरतपुर अस्पतालको ३० करोड रुपैयाँलगायत अन्य विभिन्न निकायको गरी कुल १६ अर्ब १४ करोड ८४ लाख अर्थ मन्त्रालयले निकासा रोकिदिएको स्वास्थ्यले जानकारी दिएको छ। 

अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीराज निरौला स्वास्थ्य मन्त्रालयले गरेको बजेट माग र निकासाबारे आफूलाई पूर्ण जानकारी नभएको बताउँछन्। ‘अर्थ मन्त्रालयबाट किन निकासा भएन भन्ने कुरा मलाई थाहा भएन। तर सामान्यतया अर्थ मन्त्रालयले आफ्नो बजेट उपशीर्षकबाट २५ प्रतिशतसम्म सम्बन्धित मन्त्रालयका सचिवलाई रकमान्तर गर्ने अधिकार छ। बाँकी सोही मन्त्रालयको एक बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा रकमान्तर गर्न मन्त्रालय ल्याउनुपर्ने हुन्छ। स्रोत बाँडफाँड गर्दा स्वास्थ्य मन्त्रालयले त्यो ढंगले बाँडफाँड नगरेकाले समस्या भएको होला।'

corrent noodles
Metro Mart

स्वास्थ्य मन्त्रालयले भने सबै प्रक्रिया पूरा गरेरै अर्थ मन्त्रालयमा माग पठाइएको दाबी गरेको छ। स्वास्थ्यले रकमान्तरका विषयमा कुनै छलफलसमेत नगरेको स्वास्थ्यका ती अधिकारीको प्रतिक्रिया छ। अर्थका प्रवक्ताले नेपाल समयसँग भनेको विषय जानकारी गराउँदा उनले भने, 'माग भएअनुसार रकम नआउँदा समस्या भएको छ। रकमान्तर गरेको र प्रक्रिया नपुगेको भन्ने कुरा होइन। प्रक्रिया नपुगेको भए अर्थले ८ महिनादेखि हामीलाई किन जानकारी गराएन?’ अर्थले रकम निकासाबारे कुनै जवाफ नपठाउँदा स्वास्थ्य मन्त्रालय अन्यौलमा छ। 

प्रकाशित: Apr 20, 2022| 16:14 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्