आइतबार, साउन २४, २०८३

विश्व स्तनपान सप्ताह बुधबारबाट शुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- विश्व स्तनपान सप्ताह बुधबारबाट शुरू भएको छ। अगस्ट १ देखि अगस्ट ७ गते सम्म हुने यस वर्षको स्तनपान सप्ताहको नारा, ‘स्तनपानः जीवनको आधार’ छ।
 
यस वर्ष विश्व स्वास्थ्य सम्मेलनले स्तनपान सप्ताह मनाएको छ। संसाभर स्तनपानको सम्बर्द्धनका लागि यो सप्ताह मनाइने गरेको छ। 
बच्चाको सर्वाङ्गिण विकासका  लागि स्तनपानको महत्व यस नाराले बोकेको छ। 
 
विश्वको एक सय २० देशले विश्व स्तनपान सप्ताह मनाउने गरेका छन्। पहिलो ६ महिनासम्म बच्चालाई आमाको दुध मात्र खुुवाउनु पर्ने हुन्छ। आमाको दुधमा रहेको पोषणले मात्र पनि ६ महिनासम्म सन्तानको शारीरिक तथा मानसिक विकास, कुपोषणबाट बचाउने तथा बच्चाको तौलमा पनि सन्तुलन गर्छ।
 
स्तनपान नवजात शिशुको लागि पहिलो ‘भ्याक्सिन’ सरह हो जसले शरीरको ‘ इम्युनिटी’ बढाउँछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्