सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ओपो फाइन्ड एनलाई आईएफ डिजाइन अवार्डस् २०२२ मा दुई अवार्ड

ओपो फाइन्ड एनलाई आईएफ डिजाइन अवार्डस् २०२२ मा दुई अवार्ड

ओपोको पहिलो फोल्डेवल फ्ल्यागसिप, ओपो फाइन्ड एनले प्रडक्ट डिजाइन र प्रयोगकर्ता अनुभवका लागि आईएफ डिजाइन अवार्ड्स २०२२ मा दुई उपाधि हात पारेको छ।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं- ओपोको पहिलो फोल्डेवल फ्ल्यागसिप, ओपो फाइन्ड एनले प्रडक्ट डिजाइन र प्रयोगकर्ता अनुभवका लागि आईएफ डिजाइन अवार्ड्स २०२२ मा दुई उपाधि हात पारेको छ।  

ओपोले आफ्नो पहिलो फोल्डेवल फ्ल्यागशिप स्मार्टफोन, ओपो फाइन्ड एन, सन् २०२१ को डिसेम्बरमा सार्वजनिक गरेको थियो। दुबै डिस्प्लेको समस्टिगत अनुभव प्रदान गर्ने किसिमले पृथक डिस्प्ले रेसियोका साथमा यसको समग्र डिजाइन गरिएको छ। यसको बाह्य स्क्रिनमा एकै हातले सहजै प्रयोग गर्न सकियोस् भन्‍ने सोचका साथ परम्परागत फोनकै आकारसँग मिल्दो जुल्दो १९ः९ रेसियोको प्रयोग गरिएको छ। त्यसैगरी यसको भित्री डिस्प्लेमा ८.४९ एस्पेक्ट रेसियोको प्रयोग गरिएको छ। यसले गर्दा फोनलाई अनफोल्ड गर्दा थप सहजताको अनुभव गर्न सकिन्छ।

फोनमा रहेको ठूलो स्क्रिनको पूर्ण प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ ओपोले फोल्डेवल उपकरणका लागि कस्टम सफ्टवेयरका लागि टु-फिंगर स्प्लिट स्क्रिनजस्ता विभिन्‍न आकर्षक सफ्टवेयरहरु पनि उपलब्ध गराएको छ। टू–फिंगर स्प्लिट स्क्रिनका माध्यमबाट प्रयोगकर्ताले सहजै स्क्रिनको मध्य भागबाट दूई औँलाको सहायताबाट तल तिर स्वाइप गरी स्क्रिनलाई स्प्लिट गरी मल्टिटास्किंगका लागि उपयोग गर्न सक्छन्।

त्यसैगरी, ओपो फाइन्ड एनमा स्व-विकसित फ्लेक्सियोन हिन्ज पनि उपलब्ध छ। फ्लेक्सियोन हिन्ज डिजाइनले फोनको भित्री स्क्रिनमा देखिने क्रिजको मात्रामा कमी ल्याउँदै उपकरणलाई ५०–१२० डिग्रीको कुनैपनि कोणमा सहजै उभ्भिने कार्यमा सहजता प्रदान गर्छ। साथै, फोल्ड गरिएको अवस्थामा यसले डिस्प्ले बीचको 'ग्यापमा' कमी ल्याउँदै भित्री स्क्रिनलाई स्क्रयाचबाट जोगाउनुका साथै प्रयोगकर्तालाई कम्प्याक्ट अनुभव प्रदान गर्छ। 

चीनमा सार्वजनिक गरेदेखि नै ओपो फाइन्ड एनले उल्लेखनीय सफलता हासिल गरिरहेको छ। विक्रीका आधारमा यसले पहिलो महिनामै १० लाख भन्दा बढी अर्डर नाघि सकेको छ। 

प्रकाशित: Apr 19, 2022| 18:49 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्