सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिटी एक्सप्रेस मनी ट्रान्सफरको बुटवल र भरतपुरमा एजेन्ट मिट कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरको बुटवल र भरतपुरमा एजेन्ट मिट कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले वैशाख २ र ३ गते बुटवल र भरतपुरमा आफ्नो सेवा प्रदान गर्ने एजेन्टहरुका लागि एक-एक दिने एजेन्ट मिट र तालिम सम्पन्‍न गरेको छ।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं- सिटी एक्सप्रेस मनी ट्रान्सफरले वैशाख २ र ३ गते बुटवल र भरतपुरमा आफ्नो सेवा प्रदान गर्ने एजेन्टहरुका लागि एक-एक दिने एजेन्ट मिट र तालिम सम्पन्‍न गरेको छ। 

उक्त कार्यक्रममा बुटवल र भरतपुरबाट उल्लेखनीय सहभागिता रहेको थियो। सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनलगायत व्यवस्थापन समूहको उपस्थिति रहेको थियो। विगतको समीक्षा तथा आगामी वर्षको कार्ययोजना तयार गरी यस वर्षको बुटवल र भरतपुरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्‍न गरिएको हो।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै 'जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस'  भन्‍ने आफ्नो नारालाई आत्मसाथ गर्दै विगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। 

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत् छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: Apr 18, 2022| 21:03 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्