सोमबार, असोज १२, २०८३

३३ अर्ब विदेशी लगानीको प्रतिबद्धता स्वीकृत

चैतसम्मको ८ महिनामा विदेशी लगानीसँग सम्बन्धित १५५ वटा विभिन्न परियोजना प्रस्ताव भएको उनले बताए। विभागले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको कुल प्रस्तावित विदेशी तथा स्वदेशी लगानीको उद्योग दर्ता गरेको छ।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं- उद्योग विभागले चालु आर्थिक वर्षको पहिलो ८ महिनामा करिब ३३ अर्ब बराबरको विदेशी लगानीको प्रतिबद्धता स्वीकृत गरेको छ। विभागका महानिर्देशक रामचन्द्र तिवारीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म उद्योगमा ३३ अर्ब बराबरको विदेशी लगानीको प्रतिवद्धता स्वीकृत भएको जानकारी दिएका हुन्। 

चैतसम्मको ८ महिनामा विदेशी लगानीसँग सम्बन्धित १५५ वटा विभिन्न परियोजना प्रस्ताव भएको उनले बताए। विभागले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको कुल प्रस्तावित विदेशी तथा स्वदेशी लगानीको उद्योग दर्ता गरेको छ। 

गत आर्थिक वर्षमा सोही अवधिमा विदेशी तथा स्वदेशी लगानीमा १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको विदेशी तथा स्वदेशी लगानीका उद्योग दर्ता भएको विभागले बताएको छ। उनले उद्योग विभागमा दर्ता प्रक्रियालाई नियाल्दा क्रमशः उद्योग दर्ता गर्ने, विदेशी लगानी स्वीकृत गर्ने क्रम बढीरहेको उल्लेख गरे। विस्तारै उद्योगहरु आफ्नो क्षमतामा सञ्चालन हुने र नियमित उत्पादनतर्फ अग्रसर भइरहेको दाबीसमेत उनको छ। स्वदेशी लगानीका उद्योगहरु चालु आर्थिक वर्षमा अहिलेसम्म २१६ वटा उद्योग विभागमा दर्ता भएका छन्। 

'विदेशी लगानी पनि कोभिडको सन्दर्भमा यो वर्ष हामीले हालसम्म करिव ३३ अर्ब बराबरको विदेशी लगानीको प्रतिवद्धता र त्योसँग सम्बन्धित भएर १५५ वटा विभिन्न परियोजनाहरुमा प्रश्ताव भएर विदेशी लगानी स्वीकृत भइसकेको अवस्था छ,' महानिर्देशक तिवारीले थपे, 'स्वदेशी लगानीका विभिन्न उद्योगहरु पनि यो आर्थिक वर्षमा अहिलेसम्म २१६ वटा उद्योगहरु हामीले दर्ता गरिसकेका छौँ। विभिन्न अरु उद्योगहरुले उत्पादन क्षमता बढाउने, पूँजी वृद्धि गर्ने, स्थानान्तरण गर्ने लगायतका उद्योग प्रशासनसँग सम्बन्धित कामहरु अहिले भइरहेका छन्। कोभिडपछि बिस्तारै हामी अघि बढीरहेका छौँ।’

महानिर्देशक तिवारीले हालसम्म उद्योग विभागमा दर्ता भएका उद्योगहरुमध्ये ५९ प्रतिशत इनर्जी बेसमा रहेको र लगभग २२ प्रतिशत उद्योग म्यानुफ्याक्चरिङ क्षेत्रमा रहेको बताए। उनले विदेशी लगानीका उद्योगहरुमा पनि एक तिहाई उद्योगहरु सर्भिस सेक्टरमा र म्यानुफ्याक्चरिङ क्षेत्रमा करिव २३ प्रतिशतमात्र रहेकोसमेत उल्लेख गरे। महानिर्देशक तिवारीले उत्पादनमुलक उद्योगहरुको हिस्सा अपेक्षाकृत रुपमा उद्योगको संरचनाभित्र बढाउन नसकेको पनि उल्लेख गरे। 

 ‘उद्योग विभागमा दर्ता भएका उद्योगहरु मध्ये ५९ प्रतिशत इनर्जी बेशमा छन् । सर्भिस सेक्टर पनि हाम्रोमा ठूलो छ । हाम्रो उद्योगहरुमा २०÷२२ प्रतिशत उद्योग म्यानुफ्याक्चर सेक्टरमा छन् । विदेशी लगानीको प्रस्पेक्टिभबाट हेर्ने हो भने विदेशी लगानीको सबैभन्दा ठूलो एक तिहाई उद्योगहरु सर्भिस सेक्टरमा नै छन्,' महानिर्देशक तिवारीले थपे, 'म्यानुफ्याक्चरिङ क्षेत्रमा हेर्ने हो भने विदेशी लगानीका उद्योगहरु पनि करिव २३ प्रतिशत छन् । उत्पादनमुलक उद्योगहरुको हिस्सा अपेक्षाकृत रुपमा हाम्रो उद्योगको संरचनाभित्र बढाउन सकेका छैनौँ।’

प्रकाशित: Apr 18, 2022| 16:38 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्