सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महासंघ, एनसेललगायत निजी क्षेत्रको सहकार्यमा दरवारमार्ग महोत्सव भव्य

महासंघ, एनसेललगायत निजी क्षेत्रको सहकार्यमा दरवारमार्ग महोत्सव भव्य

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते शनिबार काठमाडौंको दरवारमार्गमा आयोजना गरिएको १५ औं दरवारमार्ग महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं– नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते शनिबार काठमाडौंको दरवारमार्गमा आयोजना गरिएको १५ औं दरवारमार्ग महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। लामो समयदेखि यस्ता कार्यक्रम आयोजना नभएको अवस्थामा दरवारमार्ग महोत्सवले नेपाल अब बिस्तारै उठ्दैछ भन्ने सन्देश दिन सफल भएको विश्वास आयोजकले गरेका छन्।

कोभिड–१९ महामारी र यसको प्रभावका कारण लामो समय घरमै बस्न बाध्य भएका आम सर्वसाधारणलाई महोत्सवले घर बाहिर आउन ठूलो उर्जा दिएको छ। महोत्सवमा कलाकारहरूले प्रस्तुुती दिन थालेपछि महौल निकै मनोरञ्जनात्मक भएको थियो। 

महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले शुुभारम्भ गरेका थिए। देशका ९० प्रतिशत बढी जनसंख्याले कोभिड विरुद्धको खोप लगाइसकेको र जनजीवन सामान्य हुँदै गएको अवस्थामा महोत्सवले आर्थिक क्रियाकलापलाई जागरुक बनाउन सहयोग गर्ने विश्वास लिएको अध्यक्ष गोल्छाले बताए । 

सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ मूल नाराका साथ आयोजना गरिएको यस महोत्सवको उद्देश्य आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरि देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवर्द्धन गर्नु रहेको थियो। महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विषेश सहकार्यमा यो महोत्सव आयोजना गरेको हो। 

महामारीले अर्थतन्त्रलाई शिथिल पारेको बेलामा यस सहकार्यले पर्यटन क्षेत्र, लघु उद्यमी, घरेलु, साना तथा मझौला व्यायसायीलाई नयाँ उत्साहका साथ अघि बढ्न प्रोत्साहन दिएको एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले बताए। 

गीतसंगित, विभिन्न नेपाली खानाका परिकारका साथै विविध मनोरञ्जनात्मक प्रस्तुतीहरू र महोत्सव आयोजना हुने क्षेत्रमा अन्य रमाइला गतिविधिहरु सहित महोत्सव बेलुका ८ः१५ बजेसम्म चलेको थियो भने महोत्सवको करिव १ लाख दर्शकले अवलोकन गरेका थिए। चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समूहहरूको प्रस्तुति, नेपाली खाना र उत्पादनहरुको विषेश प्रदर्शनीले महोत्सवलाई आकर्षक बनाएको थियो। महोत्सवमा दिपक बज्राचार्य एण्ड रिदम व्याण्ड, कबवेब, समृद्धि राई वीथ व्याण्ड, सुवानी मोक्तान, शास्त्रीय सांगीतिक समूह सुरसुधा लगायत अन्य कलाकार तथा समूहहरु जस्तै एभरेष्ट क्रु, महेश काफ्ले र भेकले आ–आफ्ना प्रस्तुतिहरू दिदै आगन्तुकहरुलाई गीतसंगितले मनोरञ्जन दिएका थिए।

साथै मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्स संस्थाकी सृष्टि केसी र कमेडियन भरतमणि पौडेल एण्ड सुमन कोइरालाको प्रस्तुति थियो। महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तु तथा सामाग्रीहरु पनि प्रदर्शनीमा राखिएका थिए। त्यसैगरी महिला उद्यमी सहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रर्दशनीमा राखिएका थिए। महोत्सवमा ६० वटा स्टल राखिएका थिए। 

प्रकाशित: Apr 18, 2022| 16:24 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्