काठमाडौं– भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। अप्रिल १६ (शनिबार) पठाएको मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ।
डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ। नयाँ मूल्य र हालको खपत तथा मूल्य अनुसार विश्लेषण गर्दा निगमलाई अबको १५ दिनमा करिब ४ अर्ब ६९ करोड नोक्सान हुने देखिएको निगमको भनाइ छ।
आईओसीले महिनाको दुईपल्ट (१ र १६ तारिखमा) नयाँ मूल्यसूची पठाउँछ र नेपाल आयल निगमले स्वचालित मूल्य समायोजन प्रणालीअनुसार स्थानीय बजारमा इन्धनको मूल्य निर्धारण गर्छ।