सोमबार, असोज १२, २०८३

सेयर बजारमा आज पनि पहिरो

साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार परिसूचक ह्वात्तै घटेको छ। हिजो आइतबार ३० अंकले घटेको नेप्से आज ४१.७७ अंकले घटेको हो।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार परिसूचक ह्वात्तै घटेको छ। हिजो आइतबार ३० अंकले घटेको नेप्से आज ४१.७७ अंकले घटेको हो। 

आज २३८५.६४ अंकबाट सुरु भएको बजार बन्द हुने बेलामा २३४३.८७ अंकमा ओर्लिएको छ। दोस्रो कारोबार दिन नेप्से परिसूचक १.७५ प्रतिशत तथा क वर्गका कम्पनीहरूको सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक १.५१ प्रतिशत अर्थात ६.८२ अंकले घटेको छ।

आज कारोबार भएका २ सय २९ कम्पनीको सेयर कारोबारमा १ अर्ब ५३ करोड ६ लाख ९२ हजार ९ सय ५६ रूपैयाँ बराबरको ३८ लाख ७६ हजार ३ सय २ कित्ता सेयर ३१ हजार ८ सय २५ पटकको कारोबारमा खरिद बिक्री भएको छ।

समूहगत परिसूचकमा आज सबै समूहको सेयर मूल्य घटेको छ। फाइनान्स समूह ३.४४ प्रतिशत, जलविद्युत समूह २.९८ प्रतिशत, निर्जीवन बीमा समूह ३.०९ प्रतिशत, होटल तथा टुरिजम समूह १.६३ प्रतिशत, अन्य समूह २.८६ प्रतिशत, लाइफ इन्स्योरेन्स समूह २.०४ प्रतिशतले घटेको छ।

आज ८ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १ सय ८५ कम्पनीको सेयर मूल्य घटेको छ। आजको कारोबारमा नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ। नेष्डो २४८.८० ले बढेर २७२७.७० मा उक्लिएको छ।

अन्य बढी कमाउने कम्पनीमा दिव्यश्वरी हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त, सिटिजन म्यचुअल फण्ड, कालिका लघुवित्त लगायतका कम्पनी रहेका छन्। सर्वाधिक गुमाउने पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंक, हिमालयन ऊर्जा विकास कम्पनी, इमर्जिङ नेपाल, ग्रीन लाइफ हाइड्रो पावर, युनिभर्सल पावर कम्पनी रहेका छन्।

प्रकाशित: Apr 18, 2022| 15:30 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्