आइतबार, जेठ ६, २०८१

चिकित्सकीय गल्तीमा कारबाही गर्न काउन्सिलले खुट्टा कमायो

छानबिन समितिले डा. शाह कलवारलाई २ वर्षलाई व्यावसायिक कार्य गर्न निलम्बन गर्ने र एक महिना १ महिना सिनियरको मातहतमा रही काम गर्ने प्रतिवेदन तयार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिन सिफारीस गरेको थियो।
 |  सोमबार, वैशाख ५, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, वैशाख ५, २०७९

काठमाडौं– गत मंसिरमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क पाइने औषधि चिकित्सकले बिरामीलाई बिक्री गरे। पिडुँलाको हड्डी भाँचिएर उपचारका लागि आएका बिरामीलाई अस्पतालमा निःशुल्क रुपमा पाउनुपर्ने नेल इम्प्लान्ट अस्पतालका चिकित्सक डा. रोशन प्रसाद शाह कलवारले बिरामीलाई किन्न लगाएको विषय सार्वजनिक भयो।

triton college

अमेरिकाको साइन नामक संस्थाले गरिब बिरामीहरुलाई निःशुल्क उपलब्ध गराउन भनेर पठाएको साइन नेल इम्प्लान्ट मेडिकल पसलमार्फत बिरामीलाई बिक्री गरेका थिए। त्यसपछि अस्पताल प्रशासनले कलवारलाई आफूसँग भएको साइन नेल बुझाउन र नबुझाएसम्म नेल प्रयोग हुने सर्जरी नगर्न निर्देशन दिएको थियो।  तर नेल बुझाउन अस्पतालले निर्देशन दिए पनि कलवारले अटेरी गर्दै आएका थिए।  

पुसमा फेरि उपचारका लागि पुगेका एक बिरामीको उपचारमा नेल इम्प्लान्टको प्रयोग गर्र्नुपर्ने भयो। सिरहाका ललितकुमार साहको दुर्घटनामा परी एउटा खुट्टा भाँचियो। साहलाई रड लगाउने समयमा उपचारमा संलग्न डा. शाह कलवार, डा. अमित लिम्बु र डा. अमित विक्रम शाहबीच कुन नेल लगाउने भनेर शल्यक्रिया कक्षमा नै विवाद भएको थियो। ललितकुमारलाई पनि डा. कलवारले साइन नेल नै प्रयोग गर्दै अप्रेसन गरे। तर अन्य चिकित्सकले उक्त सामग्री प्रयोग नगर्न भनेपछि अप्रेसन कोठामा नै चिकित्सकबीच झगडा भयो। त्यसपछि घटना प्रहरी र मेडिकल काउन्सिलसम्म पुग्यो। 

मेडिकल काउन्सिल काउन्सिलले दुवै घटनाको छानबिनका लागि डा. हरिहर वस्तीको संयोजकत्वमा काउन्सिलका सदस्य डा. कालुसिंह खत्री र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व उपकुलपति समेत रहेका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ प्रा.डा. गणेश राई सम्मिलित ३ सदस्यीय छानबिन समिति बनायो। 

छानबिन समितिले डा. शाह कलवारलाई २ वर्षलाई व्यावसायिक कार्य गर्न निलम्बन गर्ने र एक महिना १ महिना सिनियरको मातहतमा रही काम गर्ने प्रतिवेदन तयार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिन सिफारीस गरेको थियो। समितिले बुझाएको प्रतिवेदनमा डा. कलवारले अमेरिकी संस्थाले दिएको साइन नेल लगाउने तयारी गरेपछि अन्य चिकित्सकले सो नेल लगाउन नमिल्ने बताएका थिए। तर कलवारले एक्लै साइन नेल नै हम्मरले ठोकेर लगाएका थिए। नेल ठिक ठाउँमा लाग्न नसकेको प्रतिवेदनमा उल्लेख छ। नेल तोकिएको ठाउँमा लागेको थिएन, त्यसपछि अर्को नेलको प्रयोग गरिएको थियो। चिकित्सकहरुबीच अप्रेसन थिएटरमा नै विवाद भएका कारण बिरामीलाई पनि मनोवैज्ञानिक असर परेको, दुईपटक शल्यक्रिया गर्दा बढी समस्या भएको लगायतका कारणहरु रहेका छन्। 

corrent noodles
Metro Mart
मेडिकल काउन्सिल काउन्सिलले दुवै घटनाको छानबिनका लागि डा. हरिहर वस्तीको संयोजकत्वमा काउन्सिलका सदस्य डा. कालुसिंह खत्री र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व उपकुलपति समेत रहेका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ प्रा.डा. गणेश राई सम्मिलित ३ सदस्यीय छानबिन समिति बनायो। 

प्रतिवेदनका अनुसार अप्रेसन थिएटरमा रहेका डा. कलवारले अघिल्लो दिन तयार गरेको इम्प्लान्ट लगाएतका सबै सामानहरु डा. कलवारकै कोसी सर्जिमेड मार्फत मगाइएको थियो। नेलिङ गर्ने बेलामा कलवार आफैले अपरेसन थिएटरमा ल्याएको नयाँ लटको साइन नेल भएको पोका खोल्न दबाब दिएका थिए। चिकित्सकले उक्त साइन नेल स्टोरमा दाखिला बिना लगाउँदा दाखिला नमिल्ने र विभागबाट भएको निर्णयको पनि अवज्ञा हुने बताएका थिए तर कलवारले साइन नेल नै लगाउने हो भन्दै आफैले पञ्जा खोली नेल निकाली घनले ठोकेर नेल छिराएको उल्लेख छ। यसबीचमा विभागीय प्रमुखले राखिसकेको हो भने ननिकाल्नुस् भनेका थिए।

तर डा. अमित विक्रमले अथ्र्रास्कोपी गर्न लाग्दा नेल ठिक ठाउँमा नबसेको र नेलले पिडुँलाको मासु छेडेर क्याल्केनियममा अड्किएको थाहा पाएपछि उक्त नेल निकाल्न प्रयास गरियो। डा. कलवारले घनले ठोकेर निकाल्ने प्रयास गरे। तर पनि निकाल्न नसकेपछि अर्को चीरा पारी नेल निकालिएको थियो। तर कलवारले उल्टै अप्रेसन थिएटरमा अन्य चिकित्सकले सहयोग नगरेको भन्दै विज्ञप्ति निकालेको प्रतिवेदनमा उल्लेख छ। 

त्यसपछि काउन्सिलको बैठकले डा. कलवारलाई उपचारका क्रममा गैरकानुनी कार्य गरेको भन्दै तीन महिना निलम्बन गर्नका लागि स्पष्टीकरण सोधेको थियो तर डा. कलवारले जवाफ दिएका थिएनन्। काउन्सिलका केही सदस्यको दबाबका कारण कारबाही गर्ने निर्णय काउन्सिलले उल्ट्याएको छ। 

काउन्सिल आफैले कारबाही गर्ने निर्णय गरे पनि पुनः काउन्सिलले नै उक्त निर्णयबाट पछि हट्न खोजेपछि काउन्सिलकै केही सदस्यहरु सन्तुष्ट छैनन्। काउन्सिल स्रोतका अनुसार काउन्सिलकै सदस्यहरु उक्त कारबाहीको निर्णयप्रति असन्तुष्ट भएपछि निर्णय उल्टाइएको छ। हाल डा. कलवारलाई एक महिना मात्रै हेड अफ डिपार्टमेनन्टको रोहवरमा बसेर काम गर्ने गरी सचेत मात्रै गराउने निर्णय भएको छ। २ वर्ष निलम्बनको व्यवस्था हटाइएको छ।

काउन्सिलका रजिष्टार कृष्णप्रसाद अधिकारी भने डा. कलवारले स्पष्टीकरण दिँदा आएको जवाफलाई आधार मानेर कारबाहीको पुनरावलोकन गरिएको बताए। काउन्सिलले नै गरेको निर्णय उल्टाएपछि छानविन समितीका संयोजक तथा काउन्सिलका इथिकल समितिका संयोजक हरिहर वस्तीले राजीनामा दिएका छन्। शुक्रवार उनले मेडिकल काउन्सिलका अध्यक्षलाई राजीनामापत्र बुझाएका हुन्।

प्रकाशित: Apr 18, 2022| 14:35 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्