सोमबार, असोज १२, २०८३

सुनको मूल्य १ लाख २ हजार ५ सय पुग्यो

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं- नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा पाँच सय र चाँदी पाँच रुपयाँले बढेको हो।

आइतबार सुनको मूल्य एक लाख दुई हजार रहेको थियो। आज पाँच सयले बढेर सुन तोलामा एक लाख दुई हजार पाँच सय रुपयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि बढेर एक हजार चार सय रुपयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

प्रकाशित: Apr 18, 2022| 11:04 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्