सोमबार, असोज १२, २०८३

सोमबार विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले सोमबारबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५९ पैसा र बिक्री दर १२२ रुपैयाँ १९ पैसा कायम गरेको छ।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५९ पैसा र बिक्री दर १२२ रुपैयाँ १९ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३१ रुपैयाँ ४१ पैसा र बिक्री दर १३२ रुपैयाँ ०६ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८ रुपैयाँ ०८ पैसा र बिक्री दर १५९ रुपैयाँ ५८ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ९८ पैसा र बिक्री दर १२९ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ९५ पैसा र बिक्री दर ९० रुपैयाँ ०४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ८८ पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६२ पैसा र बिक्री दर ९ रुपैयाँ ६७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०८ पैसा र बिक्री दर १९ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४२ पैसा र बिक्री दर ३२ रुपैयाँ ५८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १९ पैसा र बिक्री दर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८५ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८९ पैसा र बिक्री दर ९ रुपैयाँ ९४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।  - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Apr 18, 2022| 07:00 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्