सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बीबीसी मास्टर सेफका विजेता शाहको टोलीलाई पर्यटन बोर्डद्वारा सम्मान

बीबीसी मास्टर सेफका विजेता शाहको टोलीलाई पर्यटन बोर्डद्वारा सम्मान

नेपाल पर्यटन बोर्डले 'बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०' का फाइनालिस्टहरुलाई आइतबार सम्मान गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा 'मास्टर सेफ सन्तोस साहको साथमा सेफ एलेक्स वेव' 'सेफ बार्ट भान डेर ली' र 'सेफ फिलि आर्मिटेज'लगायतको टोलीलाई बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले सम्मान गरे।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं- नेपाल पर्यटन बोर्डले 'बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०' का फाइनालिस्टहरुलाई आइतबार सम्मान गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा 'मास्टर सेफ सन्तोस साहको साथमा सेफ एलेक्स वेव' 'सेफ बार्ट भान डेर ली' र 'सेफ फिलि आर्मिटेज'लगायतको टोलीलाई बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले सम्मान गरे। 

सेफहरुलाई सम्मान गर्दै बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले सन्तोष शाहले नेपाली पकवानलाई विश्व सामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताए। 

‘नेपाललाई पर्यटन गन्तव्यका हिसावले पर्यटकहरुले सुन्दर गन्तव्यका रुपमा नै हेर्ने गरेका छन्। तर मास्टर सेफ सन्तोष शाहले नेपाली खाना-परिकारहरुलाई विश्वसामु पस्किएपछि नेपाल पकवान पर्यटनका हिसाबले पनि महत्वपूर्ण गन्तव्य हो भन्‍ने सन्देश गएको छ।’ उनले

यस्तै सन्तोषसहित टिमका सहभागी अन्य सेफहरुको आगमन र नेपाल भ्रमणले समेत नेपाली पकवान पर्यटनलाई थप टेवा पुर्‍याएको भन्दै उनीहरुलाई पनि बोर्डले सम्मान गरेको बताए। 

सम्मानित व्यक्तित्व सेफ सन्तोष शाहले नेपाली खानालाई विश्व मञ्चमा पुर्‍याउन पाउँदा आफूलाई गर्व लागेको बताउँदै नेपालको पर्यटन विकासको लागि हिमाल र लुम्बिनी प्रसिद्ध गन्तव्यका साथ-साथै नेपाली कला, संस्कृति, पकवान सबैको उत्तिकै महत्व रहेको बताए। 

उनले आफ्नो साथमा आएको टीमलाई पुनः नेपाल आउन र आफै फेरि नेपाललाई नजिकबाट अनुभव गर्न पनि आग्रह समेत गरे। यस्तै सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेजले आफूहरु नेपाल घुम्‍न यहाँको कला संस्कृतिको बारेमा जान्‍न पाउँदा खुशी लागेको बताए। 

उनीहरुले नेपाल साच्चिकै मौलिक संस्कृति तथा विधितामा एकता भएको सुन्दर मुलुक रहको प्रतिक्रिया दिंदै नेपाल सबैका लागि प्रिय देश रहेको बताए। वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले कोभिडपछि नेपालको पर्यटन विस्तारै लयमा फर्किन लागेको बताउँदै बीबीसी मास्टर सेफका चर्चित सेलिब्रेटी सेफहरुको नेपाल भ्रमणले रु मार्फत गन्तव्यको प्रचार प्रसार तथा मौलिक खाना र संस्कृतिको प्रवद्र्धन गर्न पाटाद्धारा गरिएको यस पहलले महामारीपछिको पर्यटन पुनरुत्थानअभियानमाविशेष सहयोग हुने विश्वास व्यक्त गरिन्। 

नेपाल पर्यटन बोर्डको प्रर्बद्धनमा प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड-१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत आयोजना गरेको ‘मास्टर सेफ फाइनालिस्ट टुर टु नेपाल’नामक टुर कार्यक्रमका क्रममा सेफ सन्तोष शाह सहितको टोली अप्रिल ७ तारिख देखि नेपाल भ्रमणमा रहेको छ। उक्त टोली नेपालका विभिन्न स्थानहरुमा पर्यटन प्रबर्द्धनात्मक गतिविधिहरुमा संलग्‍न भएर काठमाडौं फर्किएको छ। 

प्रकाशित: Apr 17, 2022| 21:00 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्