सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निलम्बित गभर्नरले सरकारविरुद्ध दिएको रिट सर्वोच्चमा दर्ता

निलम्बित गभर्नरले सरकारविरुद्ध दिएको रिट सर्वोच्चमा दर्ता

गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको थियो। राष्ट्र बैंकबाट सूचना चुहाएको आरोपमा अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा सरकारले उनीमाथि छानबिन गर्न समिति गठन गरेपछि अधिकारी स्वतः निलम्बनमा परेका थिए।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ। आफूमाथि गरिएको निलम्बनको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै अधिकारीले आइतबार सर्वोच्च अदालतमा रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए। उक्त रिटमाथि मंगलबार प्रारम्भिक सुनुवाई हुने उनले बताए। 

गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको थियो। राष्ट्र बैंकबाट सूचना चुहाएको आरोपमा अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा सरकारले उनीमाथि छानबिन गर्न समिति गठन गरेपछि अधिकारी स्वतः निलम्बनमा परेका थिए। 

छानबिन समितिको प्रतिवेदनका आधारमा सरकारले गभर्नरलाई बर्खास्त गर्ने वा नगर्ने निर्णय हुनेछ। गभर्नर अधिकारीले भने छानबिन समितिमाथि नै प्रश्न उठाउँदै त्यसको खारेजीको मागमसेत गर्दै रिट दिएका हुन्। 

यसअघि अर्थमन्त्री शर्माले विदेशबाट आएको रकम फुकुवा गर्न राष्ट्र बैंकलाई दबाब दिएको समाचार प्रकाशित भएको थियो। उक्त समाचार प्रकाशन भएपछि सार्वजनिक कार्यक्रममा नै शर्माले अधिकारीमाथि आक्रोश पोखेका थिए। 

प्रकाशित: Apr 17, 2022| 19:31 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्