काठमाडौं- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले मी नोटबुक २०२१ सिरिज र रेड्मीबुक सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ। प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित, अतुलनीय स्पीड, पर्फमेन्स र मिडिया अनुभवहरू प्रदान गर्ने मी नोटबुक अल्ट्रा र मी नोटबुक प्रो सरल डिजाइन र अत्याधुनिक प्रविधिको प्रयोग गरी डिजाइन गरिएको छ।
आधुनिक डिजाइन, बलियो र गुणस्तरीय निर्माण भएको यो रेड्मीबुक सिरिजमा 15.6” FHD डिस्प्ले, ११ औं Gen Intel® Core™ प्रोसेसर, ];];/, 8GB DDR4 3200 MHz RAM रहेको छ। जसले मल्टि टास्करहरूलाई अप्टिमाइज्ड स्पेसिफिकेशनहरू साथ लगातार ११ घण्टासम्मको ब्याट्री ब्याकअप प्रधान गर्दछ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर, अमित कुमार पंडाज्युले भने, 'हामीले हाम्रो फोन–प्लस स्ट्राटेजीमा ध्यान केन्द्रित गरेका छौं र अन्य इलेक्ट्रोनिक्स उत्पादनहरूमा गहिरो अध्ययन गरेका छौं। हाम्रा मी फ्यानहरूले व्यापक रूपमा मन पुर्याइ दने पावर बैंक, इयरबड, स्मार्ट ब्यान्ड, स्मार्टवाच र स्मार्ट टिभी जस्ता प्रत्येक उत्पादनहरूसँग हामीले नवीनतम प्रविधिलाई ग्राहकमाझ पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौं।'