काठमाडौं- सीजीले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरूका निम्ति साना घरायसी सामानहरूमा 'हरेक दिन उपहार'मा रम्ने, बम्परमा थाइल्याण्ड घुम्ने' उपहार योजना लिएर आएको छ।
वैशाख २ गतेबाट सुरु भएको यो उपहार योजना सीमित अवधिका लागि मात्र लागु रहने जनाइएको छ। यस योजनाअन्तर्गत 'लक्की ड्र'मार्फत हरेक दिन एक जना भाग्यशालीले सिजीका साना घरायसी सामानहरू उपहार प्राप्त गर्न सकिने बताइएको छ। साथै बम्पर उपहारमा जोडीलाई थाइल्यान्ड घुम्न जाने अवसर प्राप्त हुनेछ।
'लक्की ड्र' र बम्पर उपहारमा सहभागी हुनका लागि CGSHA Product Name टाइप गरी आफ्नो नाम र ठेगाना उल्लेख गरी 31001 मा SMS पठाउनुपर्नेछ ।
'लक्की ड्र'मा सहभागी सबै प्रतियोगीहरू बम्पर उपहारका लागि पनि योग्य हुने र यस योजना सिजीका साना घरायसी सामानहरूमा मात्र लागु हुने कम्पनीले जनाएको छ।