काठमाडौं- युनिलिभर नेपाल लिमिटेडले कञ्चनजंघा हिमाल सफाइ गर्न नेपाली सेनालाई सहयोग गर्ने भएको छ। 'विश्वलाईसाझा बासस्थान बनाउन' हिमाल सरसफाई अभियानमा सहभागी हुन लागिएको युनिलिभरले जानकारी दिएको हो।
हिमाल सरसफाइ अभियानमा जोडिने उत्साह देखाएकोमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशानालयका निर्देशक सहायक रथी हिमांशु खड्काले धन्यवाद ज्ञापन गरे। 'हिमाल सफाइ अभियानलाई अभियानको सफलताका लागि विश्वसनीय र प्रतिबद्ध साझेदारीको आवश्यकता पर्दछ र हामी युनिलिभरसँग नेपालमा यसलाई निरन्तरता दिन पाउँदा उत्साहित छौं,' उनले भने।
युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले नेपालका हिमालको गौरव कायम राख्न सहयोग गर्ने उद्देश्यले कार्यक्रममा सहभागी हुन लागेको जानकारी दिएका थिए। उनले पर्यावरणीय सुरक्षाका युनिलिभरले निरन्तरता दिने समेत प्रतिबद्धता व्यक्त गरेका थिए।
नेपाली सेनाले देशभरका हिमालमा सरसफाई गर्दै आएको छ।