काठमाडौं- एनएमबी बैंकले हेरिटेज वाक सम्पन्न गरेको छ। वैशाख ३ गते शनिवार हेरिटेज वाक सम्पन्न भएको बैंकले जानकारी दिएको छ। हेरिटेज वाकको यो नवौं संस्करण हो।
विगत दुई वर्षयता कोरोना महामारीका कारण प्रभावित हुँदै आएको हेरिटेज वाक यसपालि भने सम्पन्न भएको बैंकले जानकारी दिएको छ। समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणका लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो।
राजधानीमा एनएमबी भवन बबरमहल काठमाडौंबाट सुरु भएको हेरिटेज वाक कार्यक्रम बसन्तपुर पुगेर सम्पन्न भएको छ।
एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा बसन्तपुर डबलीमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्य, युनेस्काको सदस्य तथा सर्वसाधारण गरी करिब ५०० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल हेरिटेज सोसाईटी तथा स्थानीय सिन्हा स्वान खलालाई डस्टबिन पनि हस्तान्तरण गरिएको थियो।
सोही प्रकारको कार्यक्रम बाँकी प्रदेशमा समेत गरिएको छ। प्रदेश १ मा विराटनगर शाखादेखि पिण्डेश्वर मन्दिर, मधेश प्रदेशमा वीरगञ्ज शाखादेखि गहवा माई मंदिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखादेखि भद्रकाली मन्दिर, लुम्बिनीमा ट्राफिक चोक शाखादेखि जीतगढी किल्ला र सुदूरपश्चिम प्रदेशमा बजार क्षेत्र परिक्रमा गरी विभिन्न मन्दिर सरसफाइ गरेको छ।
काठमाडौंको कार्यक्रममा नेपाल हेरिटेज सोसाईटीकी अध्यक्ष श्रीमती अम्बिका श्रेष्ठ, उक्त सोसाइटीकै सदस्य तथा पुरातत्वविद् श्री प्रकाश दर्नाल, युनेस्कोको कन्ट्री डाइरेक्टर श्री माइकल क्रोफ्ट लगायतले सम्पदा संरक्षणको महत्वको बारे प्रकाश पारेका थिए। प्रमुख कार्यकारी अधिकृत श्री सुनील केसीले सांस्कृतिक सम्पदा राष्ट्रको गौरव भएको र यसलाई संरक्षण गर्न हातेमालो गर्नुपर्नेमा जोड दिए।
विगत २६ वर्षदेखि सेवा प्रदान गर्दै आएको बैंकले द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द ईयर एसिया २०२१’ जितेको थियो। एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३९ एटीएम, ११ एक्सटेन्सन काउन्टरबाट बैंकले सेवा दिँदै आएको छ।