शनिबार, असार ६, २०८३

मल अभावले झापाको केरा खेती संकटमा

यहाँ केरा खेती गर्दै आएका किसानले रासायनिक मल अभावका कारण संकट आएको बताएका छन्। यसबाट केराको उत्पादन घट्नाका साथै खेती खुम्चिन थालेको छ।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

झापा- यहाँ केरा खेती गर्दै आएका किसानले रासायनिक मल अभावका कारण संकट आएको बताएका छन्। यसबाट केराको उत्पादन घट्नाका साथै खेती खुम्चिन थालेको छ।

National life

विगतमा ५० बिघा जमिनमा केराको खेती गरेका कनकाई नगरपालिका–३ का बेनु पराजुलीले सोचेभन्दा कम आम्दानी भएपछि यसपालि ३० बिघाको केरा खेती मासेको बताए। सुरुमा ‘केरा जोन’ बनाउने उद्देश्यले खेती सुरु गरे पनि मल अभाव र लकडाउनका कारण केरा खेतीबाट ठूलो घाटा व्यहोर्नुपरेको उनको भनाइ छ।

विगतमा पकेट, ब्लक क्षेत्र घोषणा गरेर सरकारी अनुदान लिएका किसानले पछिल्लो समय भाडामा लिएको जग्गा समेत जग्गा धनीलाई नै फर्काउँदै केराको खेती घटाउन थालेका छन्। विगतमा जिल्लाको कनकाई–५, शिवसताक्षी नगरपालिका–७, बाह्रदशी गाउँपालिका–६ र झापा गाउँपालिका–७ मा दुर्गामाता तथा कोलाखेती कृषि फार्मले ४ सय बिघा जमिनमा व्यावसायिक केराको खेती गर्दै आएका थिए।

किसानहरू बेनु पराजुली, हिमदल पराजुली, कुलप्रसाद चिमरिया, लक्ष्मी चिमरिया र गणेश संग्रौलाले संयुक्त रूपमा फार्म सञ्चालन गरेका थिए। उनीहरूले स्थानीय किसानको जग्गा पाँच वर्षका लागि भाडामा लिएर सामूहिक केरा खेती सुरु गरे पनि तीन वर्षमै लगानी समेत उठ्न नसकेपछि जग्गा फिर्ता गर्दै केरा खेती मास्न थालेका हुन्।

केरा खेती गर्ने यहाँको सबैभन्दा ठूलो फार्मका रूपमा परिचित दुर्गा माता तथा कोला खेती कृषि फार्मले यसपालि लगभग १ सय बिघा जग्गाको केरा खेती मासेको छ। खेतीमा चाहिएका बेला रासायनिक मल नपाइने भएको हुँदा उत्पादनमा ह्रास आउने गरेको फार्मका अध्यक्ष लक्ष्मी चिमरियाले बताए।

Shivam cement

वर्षमा केरालाई तीन पटकसम्म मल लगाउनुपर्ने जनाउँदै उनले गत वर्ष एकपटक समेत मल लगाउन नपाउँदा उत्पादनमा ह्रास आएको गुनासो गरे। केरा खेती गर्न युरिया, डिएपी, पोटास र फस्फोरस मलको आवश्यकता पर्दछ।

‘विगतमा कृषि ज्ञान केन्द्रको सिफारिसका आधारमा साल्ट ट्रेडिङको कार्यालयले आवश्यक मात्रामा मल दिने गरेको थियो’, केरा खेती गर्दै आएका कनकाईका किसान बेनु पराजुलीले भने, ‘तर, अहिले त्यसरी दिंदैन। स्थानीय तहका सहकारी मार्फत पाइने हुँदा हामी जस्ता फार्म खोलेर खेती गर्दै आएको किसानलाई समस्या छ।’

फार्मले दुई वर्ष कृषि ज्ञान केन्द्रबाट खेतीका लागि ५० प्रतिशत लगानी गर्ने सर्तबमोजिम रु ५० लाख अनुदान लिएको थियो। उनले २०६६/०७७ सालमा रु ३२ लाख र २०७७/०८८ मा रु १३ लाख अनुदान पाएको जनाए।

अनुदान लिने झन्झटिलो प्रक्रिया, समयमा मल नपाउने लगायत कारण केरा खेतीतर्फ किसानको आकर्षण घट्दो छ। ‘केराको बजार राम्रो छ, व्यापारीसम्म हाम्रो सिधै पहुँच पुग्दैन, ठेकेदार मार्फत बेच्दा भने जस्तो दाम नै पाइँदैन अनि कहाँबाट नाफा हुनु’, पराजुलीले निराश हुँदै भने। उनले चिनी चम्पा र मालभोग केराको खेती गरेका छन्।

कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७७/०७८ मा जिल्लामा एक हजार ८ सय हेक्टर क्षेत्रमा केराको व्यावसायिक खेती भएको जनाएको छ। समयमा मल नपाइने, विभिन्न किसिमका रोग लाग्ने र मौसमी हावाहुरीले केराका बोट ढाल्ने लगायत कारण किसान मारमा परेको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत गणेश शिवाकोटीले बताए।

उनले केरालाई जैविकसँगै रासायनिक मलको पनि आवश्यकता पर्ने तर समयमा नपाइने समस्याले पनि किसान मारमा परेको जनाए। उनका अनुसार व्यावसायिक केरा खेती गर्ने किसानले बाली बिमा नगर्दा प्राकृतिक प्रकोपका कारण क्षति भएका बेला उनीहरूले राहत नपाउँदा पनि क्षति व्यहोरिरहेको देखिन्छ। उनले साना किसानले उत्पादन गरेको केरा विचौलिया मार्फत बेच्नुपर्दा मारमा परेको बताए। - रासस

प्रकाशित: Apr 16, 2022| 10:16 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।